पाँचथरमा नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि

हिमालय टाइम्स
Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पछिल्लो समय पाँचथरमा नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आव ०७७÷०७८ को तुलनामा गत आव ०७८÷०७९ मा नागरिकता र राहदानी लिनेको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो ।

अघिल्लो आवमा कोभिडका कारण पनि कार्यालयमा सेवाग्राही आउन नसक्नु, वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि हुनु जस्ता कारणले पनि नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

गत आव ०७७/०७८ मा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय रविबाट गरी तीन हजार ४५९ जनाले नयाँ र प्रतिलिपि एक हजार ९०२ जनाले नागरिकता र राहदानी लिएका थिए । यस्तै त्यस आवको तुलनामा गत आव ०७८÷०७९ मा दोब्बर बढीले नागरिकता र राहदानी लिएका थिए ।

आव ०७८/०७९ मा सात हजार ७३ जनाले नयाँ र दुई हजार ९४६ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । यस्तै सातजना महिलाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका थिए ।

गत आव ०७७/०७८ मा एक हजार १३२ जनाले नवीकरण तथा नयाँ लिएको, जसमा जिल्ला प्रशासन कार्यालय पाँचथर बाट ९३२ वटा र काठमाडौँबाट २९८ वटा राहदानीका निम्ति सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । यस्तै आव ०७८/०७९ मा दुई हजार ४७३ जनाले नयाँ तथा नवीकरण गरेका थिए । यस्तै काठमाडौँबाट २७० जनाका निम्ति सिफारिस गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?