तम्घासमा नगर विकास संस्थाको अध्यक्षमा पन्थी सर्वसम्मत

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । तम्घासलाई स्वच्छ हराभरा बनाउनका लागि वि.संं २०६७ मा फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षण समितिको नामबाट स्थापित भएको नगर विकास तथा वातावरण संरक्षण संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । तम्घासमा सम्पन्न नगर विकास तथा वातावरण संरक्षण संस्थाको तेस्रो साधारणसभा एवम् दोस्रो अधिवेशनले २६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

साधारणसभा एवम् अधिवेशनबाट नगर विकास तथा वातावरण संरक्षण संस्थाको अध्यक्षमा रामप्रसाद पन्थी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, महासचिव कृष्णप्रसाद पोख्रेल, सचिव घनश्याम पाण्डे, कोषाध्यक्ष उमकला पाण्डे (लक्ष्मी) र सहकोषाध्यक्ष सीता आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

सदस्यहरु अम्बिका श्रेष्ठ, नेत्रप्रसाद पन्थी, शिलाकुमारी श्रेष्ठ, शारदा पाण्डे, मोतीलाल मरासिनी, दिपक आचार्य, कृष्णकुमार श्रेष्ठ, शोभाखर पाण्डे, भोजराज पराजुली, नरबहादुर विष्ट, झगबहादुर थापा, जुवानन्द वेल्वासे, टिकाराम भण्डारी, संजय पहराई, गणेश श्रेष्ठ, माया भुसाल, किशोरप्रसाद मरासिनी, महेश पन्थी, पूर्णचन्द्र बोहोरा, र ओमप्रसाद श्रेष्ठ रहनुभएको छ ।

साधारणसभा एवम् अधिवेशनको उद्घाटन गर्नुहुँदै रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले सफा र सुन्दर रेसुङ्गा नगरपालिका बनाउन आफुहरु लागेको बताउनुभयो । नगरको विकास र यहाँको वातावरणलाई संरक्षण गर्न निजी संस्थाहरुको सहयोगमा प्रभावकारी हुने उहाँको भनाई छ ।

त्यस अवसरमा विगत १८ बर्ष देखि सवारी चालकको रुपमा कार्यरत हरिबहादुर थापालाई नगद सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । वातावरणको स्वच्छता कायम गर्ने उद्देश्यका साथ रेसुंगा नगरपालिका वडा नं १, २, ७, ८ र ९ वडामा विभिन्न २० वटा टोल समिति बनाईएको छ । हालसम्म उक्त संस्थाले १५ सय ३ घर, ७ विद्यालय र २३ वित्तीय संस्था तथा कार्यालयहरु गरी जम्मा १५ सय ३३ उपभोक्ताहरुलाई सुविधा दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?