विराटनगर । नेकपा एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ।
एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल हुनुहुन्छ भने ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई हुनुहुन्छ ।
अधिवेशनको बन्द शत्र संचालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो । अध्यक्ष मण्डलका अन्य सदस्यहरूमा नेताहरू शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, डाशिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल हुनुहुन्छ।
शनिबार अपराह्न साढे ४ बजेसम्मका लागि मनोनयन दर्ताको समय छुट्याइएको थियो । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच