काठमाडौं । प्रवण भुसाल अभिनित पछिल्लो दुई सातायता दुई म्युजिक भिडियो सार्वजनिक भएका छन् । नम्रता खरेलको स्वर रहेको गीतको भिडियो ‘नहुनु कहिल्यै टाढा...’ र सानु तामाङको स्वरमा रहेको गीत ‘कुटुरो...’मा उहाँका पछिल्ला भिडियो हुन् । प्रवण विगत एक दशकदेखि नेपाली कलक्षेत्रमा निरन्तर हुनुहुन्छ । अग्रज नाट्यकर्मी एवं अभिनय प्रशिक्षक अनुप बरालबाट एक्टर स्टुडियोमार्फत डिप्लोमा गरेपछि प्रवणले अभिनयको यात्रा आरम्भ गर्नुभएको हो ।
चलचित्र ‘लुकामारी’ मा उहाँले खलचरित्र निर्वाह गर्नुभएको थियो । यो चलचित्रबाट उहाँ खल चरित्रको लागि विभिन्न राष्ट्रिय अवार्डमा समेत मनोनयनमा पर्न सफल हुनुभएको थियो भने चलचित्र ‘मन्दिरा’बाट सर्वोत्कृष्ट खलनायकको अवार्ड हासिल गर्नुभएको थियो । ‘मन्दिरा’बाट उहाँले क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०१८ मा उत्कृष्ट खलनायकको अवार्ड हासिल गर्नुभएको हो ।
केही अन्य चलचित्रमार्फत दर्शकको मन जित्न सफल प्रवण यतिबेला नयाँ चलचित्र ‘चिठ्ठी’को प्रदर्शनी पर्खाईमा हुनुहुन्छ । प्रवणको दुई लघुचलचित्र ‘द डटर्स’ र ‘परिवर्तन’ (द चेन्ज) पनि दर्शकमाझ आएका छन् । यी दुवै चलचित्रबाट प्रवणले उत्कृष्ट अभिनेताको अवार्डसमेत हासिल गर्नुभएको थियो । ‘द डटर्स’बाट उहाँले २०२१ मा सम्पन्न पिम नेपाल फिल्म फेष्टिबलमा उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै अर्को लघु चलचित्र ‘परिवर्तन’ (द चेन्ज)बाट उहाँले काभ्रेमा सम्पन्न राष्ट्रिय स्तरको ग्रामिण चलचित्र महोत्सवमा लघुचलचित्र विधातर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।
प्रवण नेशनल तथा मल्टिनेशनल कम्पनीका विभिन्न उत्पादनमा अभिनय गर्ने सफल कलाकार मानिनुहुन्छ । उहाँले हालसम्म करिब तीन दर्जन विज्ञापनमा अभिनय गरिसक्नु भएको छ । प्रवणले स्ट्याण्डर चाटर्स बैंक, बजाजको डिस्कभरी बाइक, टिभिएस बाइक, टुबर्ग बियर, सुजुकी बाइक, क्रमटन पम्पसहित विभिन्न मल्टिनेशनलको विज्ञापनमा अभिनय गर्नुभएको छ । यस्तै उहाँले लक्ष्मी सनराइज बैंक, नेपाल टेलिकम, शिवम् सिमेन्ट, डिस होम च्यानल, ग्लोबल आइएमई बैंक, विसम्यारी बिस्कुट, उत्सव सुजसहित विभिन्न उत्पादनको विज्ञापनमा अभिनय गर्नुभएको छ ।
प्रवणले नायकको रूपमा अभिनय गरेको टेली शृंखलामा ‘दृष्टि’, एक सयभन्दा बढी भाग रमाइलो टेलिभिजनबाट प्रशारण भइसकेको छ । यस्तै अर्को टेली शृंखला ‘बैकुण्ठ यात्रा-२’बाट पनि उहाँले दर्शकको मन जित्न सफल हुनुभएको छ । प्रवणले एक दर्जनभन्दा बढी टेली चलचित्रमा समेत अभिनय गर्नुभएको छ । दर्शकले निकै रुचाएको उहाँको वेभ सिरिज ‘इन टु द ड्रिम्स्’ हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच