वासिंग्टन डिसी । अमेरिकाको प्रतिनिधिसभाको सभामुख पदमुक्त भएका छन् । अमेरिकी संसदमा ‘सट डाउन’ को बहस चलिरहेको बेला सभामुख केभिन म्याकर्थी पदमुक्त भएका हुन् ।
मंगलबार भएको ऐतिहासिक मतदानमार्फत उनलाई शीर्ष नेतृत्वको पदबाट हटाए पछि अब उनी फेरि सभामुखको लागि उम्मेदवार हुन पाउने छैनन् ।
उनलाई पदमुक्त गराउनका लागि डेमोक्र्याटको साथमा आठ रिपब्लिकनले साथ दिएका थिए, जसअनुसार २१६-२१० को मतदानको स्थीति रहे पछि उनी पदमुक्त भएका हुन् ।
उनी पदमुक्त भए पछि सदनले अब नयाँ सभामुख चयन गर्नुपर्नेछ। त्यसका लागि सम्भावित उत्तराधिकारीको लागि दौड अर्को हप्ताको मतदान हुनु अघिसम्म चलिरहने देखिएको छ ।
ह्वाइट हाउसले चाँडै नयाँ स्पिकर चयन गर्न आह्वान गरेको छ । सभामुखले गत शनिबार सिनेट डेमोक्र्याटसँग सरकारी एजेन्सीहरूलाई कोषको लागि सम्झौता गरेपछि अल्ट्रा-कन्जरभेटिभहरूले विद्रोह गरेका जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच