काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय नभएको दाबी गर्नुभएको छ ।
मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामार्फत पनि नेपाली दक्ष कामदार पठाउने सम्झौता भएको भन्नेकुरा सत्य नभएको दाबी गर्नुभयो ।
उहाँले इ सेभेन भिसामार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल समेत अघि नबढाएको बताउनु भयो ।
उहाँले इ सेभन भिषाका विषयमा सरकारको संगलग्नता नभएको भन्दै अध्ययनको लागि कार्यदल गठन भएको त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने बताउनु भयो ।
उहाँले कोरियाले इ सेभेन भिसा अन्तर्गत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने विषयमा सत्यता नभएको जिकिर गर्नुभयो । उहाँले नेपालले इ सेभेन भिषा नेपाली कामदार पठाउने विषयमा सरकार जानकार नभएको बताउनु भयो ।
उहाँले रोजगारीका लागि इजरायल बिटुबि मोडलमा पठाउन दिने निर्णय नभएको पनि बताउनु भयो । उहाँले उक्त विषयमा निर्णय भएपनि कार्यदलको अध्ययनको विषय भएकाले तत्कालको लागि रोकिएको बताउनु भयो ।
उहाँले इजरायल र नेपाल सरकारबीच तथा नेपाल र इजरायलको मेनपावरबीच बिटुबीमा काम गर्नेगरी कुुनै सम्झौता नभएको बताउनु भयो । उहाँले जापानमा पनि त्यस्तो खालको सम्झौता नभएकाले हल्लाको भरमा यस्तो काम भइरहेको थाहा भए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो,‘दक्षिण कोरियाको इसेभेन भिषा मार्फता कोरियामा नेपाली कामदार लैजाने भन्ने कुरा एकदमै भ्रम र मन्त्रालयसँग सम्बन्ध नभएको मन्त्रालयले बनाएका कार्यविधिहरुलाई कार्यदल बनाएर पूर्ण मूल्याङ्कन छलफल र प्रधानमन्त्रीले २०८० पुस २४ गते निर्देशन लिएको बुँदामा पर्छ । कोरियासँग कुनै सम्झौता भएको छैन । कार्यदल बनेकाले यो विषयमा केही विषय अगाडि नबढाउन भनिसकेको विषय भएको हुनाले यो विषयमा केही सम्झौता भएको छैन । काम गर्ने ठाउँ कोरिया भनिएको छ । त्यसमा पनि सत्यता छैन । इसेभेन भिसाको विषयमा कुनैपनि बहस चलेको छैन । यसले इ ९ भनेर इपिएस त्यसलाई कुनैपनि असर गर्दैन । इसेभेन भिसाको विषयमा बजारमा आएको हल्ला निराधार हो । यसमा मन्त्रालयको संग्लनता छैन । यो विषयमा नागरिकलाई बुझाउन आवश्यक छ । जापानको विषयमा पनि सरकारले कुनैपनि निर्णय गरेको छैन । कार्यविधिहरु हेर्दैछौं । जापानमा कामदार पठाउन बिटुबी भनेर लेखिने गरेको छ । त्यसको लागि कुनै मेनपावर छनोट भए पनि सहि थियो थिएन भनेर अध्ययन गर्न कार्यदल बनेको हुनाले यसमा पनि सत्यता छैन । इजरायलको विषयमा पनि इजरायलका राजदुतसँग भेट गरेको थिए । उहाँले भेटमा धेरै आचर्य जनक कुरा राख्नुभयो । यसमा पनि कुनै सत्यता छैन । इजरायल र नेपाल सरकारबीच नेपाल र इजरायलको मेनपावरबीच बीटुबीमा काम गर्ने गरी सम्झौता भएको छैन ।’
उहाँले एक घण्टा भित्रमा श्रम स्वीकृति दिनेगरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न आफूले निर्देशन दिएको बताउनु भयो । मन्त्री अर्यालले आगामी शुक्रवार देखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न गरिने बताउनु भयो । उहाँले श्रम स्वीकृतिमा भएको ठूलो भ्रष्टाचार रोक्नको लागि भएपनि वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन लागिएको बताउनु भयो ।
मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टा भित्रमा श्रम स्वीकृति दिनसक्ने गरी प्रणाली सुधार गरिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच