काठमाडौं । मिष्टर इन्टरनशनल नेपाल २०२३ का अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड चुम्नुभएको छ । चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरूको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका चुम्नुभएको हो । ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्फ लाग्दा नै थियो । टफ कम्पिटिशनमा मिष्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’ अभिषेकले भन्नुभयो ।
हिमालय एयरलाइन्समा क्याबिन क्रु रहनुभएका अभिषेक यसअघि मिष्टर नेपाल २०२२ मा फस्ट रनर्सअप हुनुभएको थियो अभिषेकलाई मिष्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइले सम्पूर्ण तयारीसहित मिष्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो । मिष्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुम्नु भएको थियो । मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए । प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गर्नुभएको थियो ।
काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले गु्रप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको हो । ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गर्नुभएको छ ।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराउनुभयो । अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गर्नुभएको थियो भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच