काठमाडौं । प्रथम झापा लिग मंसिर ७ गतेबाट हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय बैठकले अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । जसका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसारलगायतका समिति गठन गरिएको अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।
फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले मंसिर ७ गतेदेखि झापा लिग आयोजना गर्दैछ । भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
झापाका १५ वटा पालिका र आयोजकको एक गरी जिल्ला लिगमा १६ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
राउण्ड रोविन लिगपछि हरेक समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलबाट नकआउट खेल हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख र दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्नेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचले दुई हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि रंगशाला सम्याउने, झार काट्ने तथा घाँस हुर्काउने काम भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच