जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि सोही गाउँपालिका स्थानीयवासिले तीन हजार नौसय वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । गाउँपालिकाको पहलमा सो जग्गा उपलब्ध भएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।
हिमा गाउँपालिका-५ निवासी स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलविर शाहीले आठ सय वर्गमिटर जग्गा गाउँपालिकालाई निःशुल्क प्रदान गर्नु भएकोछ । पालिकाको वडा नं. ५ स्थित बाँजागाडामा प्रशासकीय केन्द्र बन्ने टुंगो लागेसँगै अब पक्की भवन निर्माणको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष शाहीको भनाई छ ।
गाउँपालिकाको नाममा जग्गा दर्ता भएपछि आधिकारिक रुपमा गाउँपालिकाको स्थायी केन्द्र बाजागाडा सुनिश्चत हुनुका साथै भौतिक संरचना बनाउने बाटो खुलेको छ । जग्गा प्रदान नहुदा गाउँपालिकाको स्थायी केन्द्र टुंगो नलागेपछि हाल सम्मभाडाको भरमा गाउँपालिका कार्यालय र अन्य विषयगत कार्यालयहरु रहेका छन् । अहिले गाउँपालिकाको प्रशासकीय काम जुगाडमा अस्थायी रुपमा संचालन हुदै आएको छ ।
जग्गा प्रक्रियाको काम सकिए पछि गाउँपालिकाको प्रशासनिक भवन यसै बर्षमा निर्माण गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले जानकारी दिनुभयो । आफ्नै भौतिक संरचना नहुदा काम गर्न असहज भएको थियो । प्रशासकीय भवन टुंगो लागेपछि सेवा प्रवाह र काम गर्न सहज हुने हिमा गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच