लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ ।

अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरुबाट शव निकाल्ने काम भइरहेको बताउनु भयो ।
बाढी प्रभावित क्षेत्रमा करिव १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी बिस्तापित भएको बताइएको छ ।

साथै अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको बताइएको छ । भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?