![रैथाने बाली संरक्षण आवश्यक](https://ehimalayatimes.com/wp-content/uploads/2023/01/binod-dahal.jpg)
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज कटवाल नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी बुधबारदेखि हङकङमा सुरु हुने चार देश सम्मिलित महिला टी-२० आई सिरिजको लागि मनोजलाई नियुक्त गरेको हो ।
उहाँकै प्रशिक्षणमा महिला टोलीले प्रशिक्षण गर्दै आएको छ । नेपालका पूर्वक्रिकेटरसमेत रहनुभएका मनोज घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको प्रशिक्षणमा पुलिसले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सन् २०६२ देखि नेपाल पुलिसबाट खेल्न थालेका कटवाल २०६७ सालमा प्रशिक्षण समाल्नुभएको थियो ।
पछिल्लोपटक गतवर्ष नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा मनोज पुलिसका मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । मनोजले नेपाली सिनियर क्रिकेट टोलीमा पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरी सक्नुभएको छ ।
यस्तै, नेपालकी पूर्वकप्तान निरा राजोपाध्याय सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ । त्यस्तै, पूर्वक्रिकेटर माया रावल टिम व्यवस्थापकमा रहनुभएको छ । क्यानले हाललाई यी तीन जनालाई नै हङकङ भ्रमणको लागि नियुक्त गरेको हो ।
त्यसबाहेक क्यानले महिला राष्ट्रिय टोलीको कप्तानमा अलराउण्डर इन्दु वर्मालाई नियुक्त गरेको छ । यसअघि टोलीको कप्तान रहेकी रुविना टोलीको सदस्य रहँदा बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ । पूर्वउपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य हुनुहुन्छ । टोलीमा कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहनुभएको छ ।
नेपालले हङकङमा चार देश सम्मिलित टी-२० सिरिज खेल्दै छ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कात्तिक २९ गते तान्जानिया, कात्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।
नेपालले हङकङमा चार देश सम्मिलित टी-२० सिरिज खेल्दै छ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कात्तिक २९ गते तान्जानिया, कात्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।
नेपाली टोलीमा इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच