भोजपुर । लक्ष्मी पूजामा बालेको दियोले घर जलेपछि घरबार बिहिन बन्न पुगेका भोजपुरका ज्ञानराज बिष्टको परिवारलाई सहयोग रकम संकलन सुरु गरिएको छ ।
भोजपुर नगरपालिका वडा नम्बर ८ का बिष्टको घर गत कार्तिक २६ गते आगलागी भएर जल्दा २६ लाख ५८ हजार बराबरको क्षति भएको थियो । आगोलागीबाट घरवार बिहिन बनेका बिष्टको परिवारलाई अहिले राहत रकम संकलन गर्न पनि सुरु गरिएको वडाध्यक्ष नविन प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले वडाभित्र र बजार क्षेत्रमा राहत रकम संकलन थालिएको हो ।
यता देउसी भैलो खेलेर संकलन गरिएको रकम पीडित बिष्ट परिवारलाई प्रदान गरिएको छ । भोजपुर नगरपालिका वडा नम्वर ७ कुपी टोलले संकलन भएको १५ हजार पाँच सय पाँच रुपैया बिष्ट परिवारलाई सहयोग गरेको हो । टोलका राजु खालिङ, देउप्रकाश राई, ज्ञानदीप राई, सन्ध्या प्रधान लगायतको टोलीले संकलन गरेको रकम बिष्ट परिवारले पाएको छ ।
पीडित बिष्ट परिवारलाई आफ्नै छानो मुनि बास बस्ने ब्यबस्थाका लागि राहत रकम संकलन अभियान गरिएको वडा सदस्य सत्यकला राईले बताउनुभयो । बिष्ट परिवारले पनि सहयोगका लागि सवै पक्षसँग आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच