![आगामी वैशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/lagani-sammelan.jpg)
काठमाडौं । घरसँग सम्बन्धित विभिन्न जग खन्नेदेखि घर निर्माण र समस्या समाधान सेवा प्रदान गर्दै आएको स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । विगत पाँच वर्षदेखि घर र घरकै समस्याको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै आएको कम्पनीले आफ्ना तीन शाखाबाट ४० हजारभन्दा बढी समस्या भएका घरमा सेवा प्रदानपछि समस्यारहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनुअघि के कस्ता कुरामा ध्यान दिने, आवश्यक कागजात र प्रक्रियासमेतको विस्तृत जानकारी दिने गरी निःशुल्क परामर्श कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
हरेक हप्ताको शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म कम्पनीको मुख्य कार्यालयमा निःशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमल्सिनाले जानकारी दिनुभएको छ । जग्गा छनोट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तरलगायतका सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उहाँको भनाइ छ ।
जीवनभरको मिहिनेतको कमाइले घर निर्माण गरिने र घर बनेको केही महिना नबित्दै घरमा सिपेज, भित्ता चर्किने, पेन्ट उप्कनेलगायतका विविध समस्या देखिने गरेकाले यसबारेमा उपभोक्तालाई विस्तृत जानकारी तथा परामर्श दिन लागिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि घरधनीहरूले हरेक हप्ताको बिहीबारअघि नै कम्पनीको वेबसाइट अथवा सम्पर्क नम्बरमा सम्पर्क गरी समय लिन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच