कालीकोट । जाजरकोटमा भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाहरु पुनः निर्माण गर्ने र भग्नावशेष भएका संरचना हटाउने क्रममा अखिल (क्रान्तिकारी) कालीकोटका जिल्ला संयोजक खगेन्द्र मल्ल घाइते हुनुभएको छ ।
गत कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति ग्रस्त भएका भौतिक संरचनाहरु पुनः निर्माण गर्ने र भग्नावशेष भएका संरचनाहरुलाई सुरक्षित तवरले हटाउने क्रममा जिल्ला संयोजक मल्ल घाइते हुनुभएको हो ।
संगठनका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा रहेको विद्यार्थी टोलीले जाजरकोटको भेरी नगरपालिका-१ स्थित रिम्नामा रहेको भेरी त्रिवेणी माद्यामिक विद्यालयमा भग्नावशेष संरचनाको ब्यवस्थापन गर्ने क्रममा मल्ल घाइते हुनुभएको बुझिएको छ ।
भूकम्पले प्रभावित जाजरकोटका नागरिकका भग्नावशेष संरचना ब्यवस्थापन गर्ने क्रममा मल्लको खुट्टामा गहिरो चोट लागेको र मल्ललाई जिल्ला अस्पताल जाजरकोटमा उपचार गरिएको संगठनका केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इञ्चार्ज मनसिंह शाहीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको सर्कुलर बमोजिम विभिन्न जिल्लाबाट विद्यार्थी नेताहरु मङ्सिर ७ गतेदेखि जाजरकोटमा छन् । केन्द्रीय सर्कुलर बमोजिम कालीकोटबाट पनि जिल्ला इन्चार्ज मनसिंह शाहीले नेतृत्वमा टोली मङ्सिर ७ गते जाजरकोटको भेरी नगरपालिका-१ मा पुगेको थियो ।
विभिन्न जिल्लाहरुबाट जाजरकोट पुगेँको अखिल (क्रान्तिकारी) को केन्द्रीय कमिटी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा भूकम्प पछिको पुनः निर्माणको काममा सक्रिय रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच