![शरीर, चेतन र ‘म’](https://ehimalayatimes.com/wp-content/uploads/2023/09/Birbhadra-Acharya.jpg)
काठमाडौं । लामो समयदेखि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकले बढेको छ । नेप्से ११.७३ अंकले बढेर १८५२.७७ अंकमा पुगेको छ । यस दिन दुई सय ९९ कम्पनीका ९५ लाख पाँच हजार छ सय आठ कित्ता सेयर दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार चार सय ३३ रुपैयाँमा कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेपाल स्टक एक्स्सचेन्स(नेप्से)का अनुसार दुई सय १० कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । निर्जीवन बिमा समूह २.११ प्रतिशत तथा जलविद्युत् १.०३ प्रतिशतले बढेको छ । व्यापार भने ०.५० प्रतिशतले घटेको छ । बैंकिङ समूह ०.६१, विकास बैंक समूह ०.५६, फाइनान्स समूह ०.६९, होटल तथा पर्यटन समूह ०.६५ प्रतिशतले बढेको छ ।
त्रिशुली विद्युत् कम्पनी, समाज लघुवित्त, सिवाइसी नेपाल लघुवित्त र नबिल ब्यालेन्स फण्ड-२ को सेयर १० प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ७.८१ प्रतिशतले घटेर प्रतिकित्ता सात सय ९१ रुपैयाँमा झरेको छ । कारोबार रकमका आधार पुनर्बिमा कम्पनीको संस्थापक सेयर सर्वाधिक ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने सिटिजन लाइफको नौ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच