बोर्ड अध्यक्षका लागि उम्मेदवारको नाम सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । यतिबेला चलचित्र विकास बोर्डको अध्यक्षमा को आउला भन्ने जिज्ञासा चलचित्रकर्मीबीच छ । दयाराम दाहालको कार्यकाल सकिएलगत्तै केही चलचित्रकर्मीहरू बोर्ड अध्यक्ष बन्न राजनीतिज्ञसम्म धाइरहेको बुझिएको छ ।

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सोमबार एक सूचना जारी गर्दै बोर्डले अध्यक्षमा दरखास्त दिनेमध्ये छनोट भएका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रृष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीले उम्मेदवारी दिनुभएको छ ।

छनोट भएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि केही समयपछि खबर गरिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । असार ५ गते मन्त्रालयले दरखास्त आहृवान गरेको थियो । बोर्डको अध्यक्षको कार्याकाल दुई वर्षको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?