काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले फागुनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । साथै विधान सम्मेलनका लागि ७ सदस्यीय विधान मस्यौदा समिति पनि गठन गर्ने निर्णय भएको छ ।
प्रवक्ता अग्नि सापकोटाले बैठकका अनुसार उक्त विधान मस्यौदा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की हुनुहुनेछ ।
विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।
त्यस्तै माओवादीले भदौं १६ गतेदेखि जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियान पुस १६ गतेबाट समापन गर्नेसमेत तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच