काठमाडौं । गत सातादेखि निरन्तर बढ्दोक्रममा रहेको सेयर बजार बिहीबार भने ३२.७७ अंकले घटेर २१०९.१० अंकमा झरेको छ । यस दिन ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने दुई सय २१ कम्पनीको घटेको छ । सात कम्पनीको स्थिर रहेको छ । दिनभरमा तीन सय चार कम्पनीका एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय १२ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । अघिल्लो दिन बुधबार सात अर्ब ९५ लाखको एक करोड ९९ लाख ६३ हजार कित्ता सेयर कारोबार भएका थिए । अघिल्लो दिनको तुलनामा दैनिक कारोबार रकम ७३ करोड रुपैयाँले घटेको हो ।
शिवम् सिमेन्टको सबैभन्दा धेरै ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको २५ करोड ४७ लाख, हिमालयन डिष्टिलरीको २० करोड छ लाख, हाथवे इन्भेष्टमेन्टको १५ करोड ३६ लाख र घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १३ करोड ४३ लाख, युनिभर्सल पावर १३ करोड ३४ लाख, माउन्टेन इनर्जी १२ करोड ७९ लाख, नेपाल रिपब्लिक मिडिया ११ करोड ९३ लाख र चिलिमे हाइड्रोपावरको ११ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार घटे पनि १० कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । पाँच कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, विपिडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने पाँच कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रोपावर र नेपाल वेयर हाउजिङको पनि ९.९६ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स ७.४४, उन्नति सहकार्य लघुवित्त ७.२६, सनराइज फस्ट म्युचुअल फण्ड ६.९४, ग्रामीण विकास लघुवित्त ६.८१ र युनियन हाइड्रोपावरको ६.५२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच