वेवसिरिज ‘लालबहादुर, द स्पार्क’को प्रसारण सुरु

Read Time = 2 mins

काठमाडौं । जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्मित नेपाली वेवसिरिज (लाल बहादुर, द स्पार्क)को प्रसारण सुरु भएको छ । हरेक हप्ता शुक्रबार नयाँ भागसहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन छ ।

सरिजमा लोकप्रिय कलाकारहरू सरोज खनाल, सुनिल थापा, कमेडियन खड्गबहादुर पुन (ख.ब.पु)को मुख्य भूमिकासहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको अभिनय छ ।

मुख्यपात्र लालबहादुरको भूमिकामा देखा पर्नुभएका सरोज खनाल २०७२ सालको विनाशकारी भूकम्पपछि पानीको मुहान सुकेको देउराली गाउँमा भएको पानीको समस्यालाई समाधान गर्न गाउँलेलाई समेटन लागेको पहिलो एपिसोडमा देखाइएकोे छ, सुनिल थापालाई भने गाउँपालिका अध्यक्षको रूपमा देखाइएको छ । चार सिजनको ५२ एपिसोड रहने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनुभयो ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको (लालबहादुर, द स्पार्क) मा नवीन डाँगी निर्माण नियन्त्रक, नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सहनिर्देशन, प्रनुप थापाको संवाद, ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको शृंगार, विवेक उप्रेतीको सम्पादन र सञ्जीव सुब्बाको संगीत छ । यो वेवसिरिज जी मिडिया कनेक्सनको युट्युबमार्फत पनि हेर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?