एपिक नेपाल म्युजिक अवार्ड हुँदै

Read Time = 2 mins

काठमाडौं । एपिक नेपाल म्युजिक अवार्डको चौथौं संस्करण हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजनामा ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को शनिबार पत्रकार सम्मेलन गर्दै औपचारिक घोषणा गरिएको हो ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलनमा अवार्डमा ट्रफी सार्वजनिकसँगै फारम सार्वजनिक गरिएको थियो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा गीत संगीतका सम्पूर्ण विधाहरूलाई समेटिने आयोजकले जनाएको छ ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशील एवं नव प्रतिभाका सर्वोकृष्ट रचनाहरूको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काठे र देउडा गीतहरूलाई अवार्ड प्रदान गरिने अवार्डकी महासचिव तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, अवार्डको उत्कृष्ट पाँच नोमिनेसन पुस २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमै सम्पन्न गरिने अवार्डका अध्यक्ष कृष्ण लाल साहुखलले बताउनुभयो । यसवर्ष ३६ विधामा अवार्ड प्रदान गरिने अवार्डका संयोजक राजेन्द्र पुरीले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी गोपीकृष्ण चापागाईंले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?