सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सामुहिक भेटघाट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा तीन दलका शीर्ष नेताहरुको भेटघाट भएको छ ।

प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो ।

छलफल भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवार एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री, सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको हो।

उहाँहरूबीच समसामयिक राजनीतिक विषय तथा संसद्‌को बिजनेसबारे कुराकानी हुनसक्ने अनुमान गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?