✍️ कलानिधि दाहाल
मन अनन्त आफैंमा छ, आफैं मनमा अनन्त छ । मान्छे सतहको फुर्फुरमा संसार देख्छ, संसारको सतह भेटेको फुर्फुरमा सम्पूर्ण यसमा पूर्ण छ को गर्वमा उचालिन्छ, भएका जीवनका पाना च्यात्छ, नभएका जीवनपानाका बहानामा यति उफ्रन्छ-मानौँ उसका सामु स्वर्ग मुस्कुराएको छ, मिठासका फोहरा छुटेका छन् र नै ऊ भन्ने गर्छ जीवन यात्रा हो ।
अनौठो दुनियाँको भनाइमा नभएर सांसारिक मोहपासको बाध्यता, जैविक स्वार्थको एक पित्को पञ्चामृत इन्कार सामथ्र्यको अभावमा त्यही बाध्यताको डोरीभित्र कसिएर मेरो जीवनको सोच, मेरो निर्णयको कठोर कठघेरा भत्काउन पुगेँ । मन एकातिर शरीर अर्कोतिर हुनुको विवश जिन्दगी मान्छे बोल्न सक्छन्, सक्दैनन् थाहा नहुनुको नाटक गर्नुमा मान्छे मजा मान्छन् मानिरहुन् । म त्यो चाहन्न । कारण मन र तनको गति अन्तरमा मान्छे हुनुको सार्थकता सम्भव हुन्न । सोच्छ-धरा उही हो । धराको पराकाष्टा भिरेर स्वाङभित्र उभिनेहरू पनि निधारमा विगुत र कटीमा गम्छा भिरेर विदेश यात्रामा, आफन्तका बोलावटमा मख्ख परेर उनीहरूकै नामोच्चारण गर्वको छाती फुलाउँदै सञ्जालका भित्ता रङ्गाएर मख्ख पर्छन् । मलाई आश्चर्य लाग्थ्यो, अहिले पनि लाग्छ ।
म सोच्छु-धरा उही हो । धराका गरा उनै हुन् । गरामा निर्मित आवास र आवासभित्रका अनुहार उनै हुन् । फरक चिल्लाई मात्र हो । फरक गराई मात्र हो । फरक बोलाई मात्र हो । यी भिन्नता केवल भौतिक मात्राको ज्यादा पनमा, वैज्ञानिक विकासको बढी मात्रामा, प्राविधिक सक्षमताका आतिथ्यमा देखिने स्वरूपमात्रको हो । शाश्वत सन्दर्भका सामु जो कहिल्यै परिर्तन हुन्न, विकृत हुन्न, अलग हुन्न । उसमाथि प्रक्षेपित विचारको निर्णय अठोट सधैँ एउटै हुन्छ-उही र उस्तै तर मान्छेका मूर्ख बुद्घिले, कलिलो मनोलोकले अझ यसो भनौँ सतहको भौतिक पाइतालोभन्दा एक इन्च पनि भित्र नगएको चेतनाले यसलाई आग्रह मान्छ, मानोस् फरक पर्दैन ।
मलाई लाग्यो यो नै जीवनको अन्तिम क्षण हो, आयुको अन्तिम घडी । यो कसैको काबु र अधिनमा हुँदैन । जतिसुकै मान्छेले छोपे पनि, लुकाए पनि, नभने पनि विमानको भर्याङ् चढ्नु भनेको सोझै यमगृहद्वार खोल्नु हो । फेरि उघ्रन पनि सक्छ, सदाका लागि बन्द हुन पनि सक्छ ।
छोरी कलापी दाहालको आदेश, जुवाइँ दीपक लामिछानेको मौन सहमतिको साङ्लोमा बेरिएर हठात् गत जेठ अठार (२०८०-०२-१८) गते पूर्वी क्षितिजको सहज मनोरम हरियाली छाडेर न्यूजील्याण्डको अपरिचित, अकल्पित परिवेशतिर लाग्नु पर्यो-म र मेरी स्वास्नी कल्पना । परिचित बासस्थान छोरो कल्लोल र बुहारी मनीषालाई सुम्पँदै । मेरा लागि आकाशयात्रा नारकीय भूत नै हो । एक पटक आफ्नै कामका कारण ओखलढुङ्गा आकाशयानबाट जाँदा मरेको छु, दोस्रोपटक दाजु हरिभक्त सिग्देलको हठले पल्लवको सम्मान थाप्न चितवन जाँदा मरेको छु, मात्र पच्चीस र पैँतालीस मिनेटको गगनयात्रामा ।
मलाई लाग्यो यो नै जीवनको अन्तिम क्षण हो, आयुको अन्तिम घडी । यो कसैको काबु र अधीनमा हुँदैन । जतिसुकै मान्छेले छोपे पनि, लुकाए पनि, नभने पनि विमानको भर्याङ् चढ्नु भनेको सोझै यमगृहद्वार खोल्नु हो । फेरि उघ्रन पनि सक्छ, सदाका लागि बन्द हुन पनि सक्छ । यो मनोमूल्याङ्कनको अन्तिम बिन्दुमा पुगेपछि म ढुक्कसँग यानमा पसेँ, संसार छ्याङ्ग देखिने झ्यालको कुर्सीमा बसेँ, विस्फारित नयन देखिउञ्जेलको बाहिरी भागमा छरेर म यति प्रफुल्ल मुद्रामा जहाजभित्र मुस्कुराउँदै अन्य चेहरा नियाल्न लागेँ । लाग्छ दृश्यमा म जति खुशी हुने अर्को कुनै यात्री छैन आकाशयात्राभरि ।
पाँच घण्टाको सिङ्गापुर यात्रा विनाजरो रुखमा अल्झेको लहरोझैँ कतै अरेबीयन सागरका घुम्तीहरू, कतै घना जङ्गलका अस्पष्ट अँधेरा प्राकृतिक सौन्दर्यका रहस्यभित्र आँखा डुलाउँदै गर्दा बिते । विज्ञान भन्नु नै ज्ञानको उल्टो अस्थिर, अविश्वस्त असम्भवलाई सम्भव बनाएर पलभरको भौतिक सुखोन्मादमा रमाउने साधन हो, माध्यम हो । सानो चरोको प्वाँखले दिने सानो झड्कामा, चुकुल कसाइ खुकुलिँदा सदाका लागि जीवनद्वार बन्द हुने विश्वासमा, रूखको एक पातले प्रेमको चुम्बा दिँदा शिरीषको फूलझैँ समाप्त हुने अस्तित्वको धारमा, एक पल आँखाको गति बन्द हुनासाथ पहाड, चट्टान वा खोँचको मोहनीभित्र सदा सर्वदा अस्तित्व समाप्त हुने शिविरसँग यसको गाढा सम्बन्ध गाँसिएको हुन्छ । निर्णायक मनोविज्ञान नजन्मेका यात्रुहरू मनोविचलनमा नै समाप्त हुन पनि सक्छन् । म त्यसैमध्येको भएकाले सोचिरहन्थेँ-अब जमिन नटेक्दै यमलोकको पाहुना घरमा पुग्नेछु ।
सिङ्गापुर अवतरित हुनासाथ मेरा स्मृतिभित्र चल्मलाएका स्वप्नलोकहरू भताभङ्ग भए । भत्किए । फेरि उही कोलाहल, उही हल्लखल्ल, तिनै अनुहार तर आकार फरक । बोलीचाली भिन्न ध्वनि अस्पष्ट । उही पुराना मेरा चिन्तन । विकसित भूपरिवेशको विमानस्थल, चारैतिर रौनक, व्यवस्थित, विकसित, नियमित, मान्छेहरू बसेका छन् सौन्दर्यभित्रको शान्ति छाएको छ सुदूरसम्म तर प्राकृतिक नभएर कृत्रिम हो-बनावटी जसलाई भौतिक उचाइको प्रतीक मान्न सकिन्छ । उत्साहित जनचेतनाको निःस्वार्थ कार्य गराइको नमुना ।
उद्घोष भयो समयको । काबु बाहिरको यात्रा । जुनसुकै बेला पहाडको टुप्पोमा, ठेडी खुस्कने कमजोरीमा, चरा पातसँग यानको शरीरको कुनै पनि भागले प्रणयोत्सवको मोहक लठ्याइमा हामी एक चिता अग्लन्छौं-अपरिमित, अव्याख्यायित, अपरिभाषेय चिता जसको मूल्याङ्कन कसले कसरी गर्छ थाहा छैन कसैलाई ।
म यसै बेला नेपाल सम्झन्छु, नेताहरू सम्झन्छु, जनचेतनाको तह सम्झन्छु । राणाकालीन निरङ्कुशता, शाहकालीन पञ्चनेताको निर्विकल्पता चरम बन्धनमा बाहेक प्रजातन्त्र छ, खुलातन्त्र छ, चुनाव हुन्छ । आखिर नेताहरू जनमतबाट नै निर्वाचित भएर जाने हुन् । स्वार्थी, घृणित, भ्रष्टाचारी, मानवतस्कर मनोविज्ञानलाई मूल्य ठान्दै छनोट गर्ने मनोचेतनाको निकृष्टतालाई ट्वाल्ट्वाल्ती हेर्नुसिवाय यस परिधिको अर्को विकल्प छैन भन्नेमा मन शान्त रहन्छ ।
केलाई केको धन्दा केलाई केको धन्दा भनेझैँ पाँच घण्टा लामो आकाशयात्राको क्रममा तुल्बुलाएका मेरा निकोटिन नसाहरू अनुकूल वातावरण कतै छ कि भनेर छट्पटाएको अवस्थाबोध छोरी कलापीलाई गराएँ । गर्मीको याम स्मोकिङ जोनमा निस्केर खुकुरी चुरोटको एक सर्कोमात्र स्वाट्ट के तानेको थिएँ थेगिने तागत नै रहेन । चकित मान्छेहरू, सायद भित्रको शीतल वातानुकूलनबाट निस्केको यात्री एकाएक गर्मीको प्राचुर्यमा तानिएको निकोटिनको स्वादले विश्व परिभ्रमित त्यहीँबाट गरायो । विनाटिकट, विनासमय एक पलमा नै । ट्रान्जिट अर्थात् पर्खनुपर्ने समय लामो थिएन दुई घण्टा । त्यस भौतिक तिर्मिर रमझममा यस बबुरोलाई यताउता आँखा दौडाउँदै छोटो अनुभूत हुनु स्वभाविकै थियो ।
उद्घोष भयो समयको । फेरि उही अस्थिर यात्राको बेलगाम दौड शून्य आकाशबाट सुरु हुने समय आयो । काबु बाहिरको यात्रा । जुनसुकै बेला पहाडको टुप्पोमा, ठेडी खुस्कने कमजोरीमा, चरा पातसँग यानको शरीरको कुनै पनि भागले प्रणयोत्सवको मोहक लठ्याइमा हामी एक चिता अग्लन्छौँ-अपरिमित, अव्याख्यायित, अपरिभाषेय चिता जसको मूल्याङ्कन कसले कसरी गर्छ थाहा छैन कसैलाई । छु भन्ने दिवास्वप्नका हठमा चार्वाकहरू बोल्छन्-ऋण गरेर घ्यू खाऊँ, मृत्युपछि दुनियाँ छैन । ठुटे पण्डितहरू टुप्पी सिका पार्दै ओठ खोल्छन्–तन ढल्छ, आत्मा अमर.....सत्कर्म गर..... मैले भने जति आसनमा चढाऊ सिधा स्वर्गको द्वार तिमीलाई खुल्छ । सबै माध्यम अहं प्रदर्शनका मापदण्ड हुन् ।
यिनका पछि लाग्ने, भेडोझैँ भ्या गर्ने दुर्बल क्षमताका टीठलाग्दा अनुहारहरू हुन् । कुनैमा कुनै पनि सत्यता छैनन् । बाँच आफ्ना निर्णयले । मनोचाहना कहिल्यै कुण्ठित नगर । शरीर भोग हो जति सक्छौ भोग । मन कल्पना हो-जति सक्छौ जहाँसम्म सक्छौ उड, बेपर्वाह उड । कुनै पनि निर्देशन र उपदेशको बन्धनभित्र पर्नु बाँचेर पनि मर्नु हो । कुनै विचारको घोडसवारमा मनोदमन अपराध हो, कायरता हो । बुद्घ बुझ राम्ररी । पछिल्लो बुद्घको बुद्घत्व बुझ राम्ररी । बिपीचेतको उच्चत्तम क्षण वा चेत बुझ राम्ररी जीवन बाँचेर मर्नु हो मरेर बाँच्नुको निरर्थकता नअपनाऊ जिन्दगीमा ।
मनसँग उत्ताल तरङ्गमा पौडिएको अनुपम बिन्दुमा जहाजका पाङ्ग्रा गुडे, प्वाँखहरू, हल्लिए घटटट......घ्यार्र .....घ्याट घ्याटघ्याट । अर्को अनिश्चित मनोलोकको यात्रा भनौँ वा जमिन टेक्ने पाइताला । यी दुई मध्ये कुन ? न प्लेन हाँक्ने पाइलटले निश्चित गर्न सक्छ न सवार यात्रीहरूले । न यसका आभास सङ्केतकलियोनार्दो दा भिन्चीले गर्न सके न निर्णायक विल्भर र ओर्भिल दाजुभाइले । म यसै अनिश्चित यात्राको यात्री बनेर सिङ्गापुरबाट न्यूजिल्याण्डको अकल्याण्ड उडेँ भुरुर्र ।
लेखकका व्यक्तिगत अनुभूति र अनुभवका साथै अनेकौं विषयका विविधतामय निबन्धात्मक रचना समेटिएका कारण यो पुस्तक पठनीय बन्नपुगेको छ । आफ्ना केही कृतिका माझ अर्को एउटा महत्वपूर्ण कृति लिएर आउन सफल बन्नुभएकोमा लेखक गौतमलाई बधाई र साथै कृतिको सफलताको कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच