इलाम । दूधको गुणस्तरमा मापन गर्ने यन्त्र मिल्क एनालाइजरको प्रयोगले इलाममा उत्पादन हुने दूधको गुणस्तरमा सुधार भएको छ । दूग्ध पदार्थ अन्तर्राािष्ट्रय बजारमा निर्यात हुन थालेपछि उद्योगीले गुणस्तरीय दूध संकलनमा पनि प्राथमिकता दिएका छन् ।
इलाममा २ वर्ष अघिसम्म किसानबाट संकलन भएको दूधमा फ्याट र एसएनएफको मापदण्ड पुग्दैनथ्यो । तर अहिले किसानबाट संकलन हुने दूधको गुणस्तरमा सुधार भएको छ । दूध प्रशोधन भइ नेपालमा उत्पादन हुने दूध पदार्थ घ्यू, छुर्पी र चीज अन्तराष्ट्रिय बजारमा पुग्ने गरेकाले अहिले किसान दूधको गुणस्तरमा सचेत भएका छन् । अन्तराष्ट्रिय बजारमा बढी मात्रामा छुर्पी निर्यात हुन्छ । २ वर्ष अघि छुर्पी निर्यात समस्या भएपछि किसानसचेत भएको उद्यमी किरण भण्डारीले बताउनुभयो ।
गुणस्तर मापन गर्ने मिल्क एनालाइजर दूग्ध विकास संस्थानले मात्रै प्रयोग गर्दैै आएपनि अहिले सबै डेरी उद्योगमा छन् । मिल्क एनालाइजर दूध संकलन गर्ने सहकारीमा पनि राखिएका छन् । जसका कारण अहिले दूधको गुणस्तरमा सुधार भएको दूग्ध विकास संस्थान फिक्कल बरबोटे चिस्यान केन्द्रका निरञ्जन चौधरीले बताउनुभयो ।
इलाममा दूग्ध विकास संस्थान बाहेक चीज, छुर्पी र घ्यू उत्पादन गर्ने डेरी उद्योगहरुमा दूध संकलन भइ प्रशोधन हुन्छ । इलाममा संकलन हुने दूध ८० प्रतिशत जिल्लाका उद्योगमा खपत हुँदै आएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच