नयाँदिल्ली । नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विष्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा मंगलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विष्फोट भएको जानकारी दिइएको थियो ।
विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ । भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मंगलबार बताउनुभएको थियो ।
इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विष्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोवास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, ‘भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी/यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।’
परिषद्ले इजरायलीलाई बाहिरी आक्रमणबाट बच्न रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच