‘हाम्रो समकालीन र थोरै अग्रजहरू ढाडमा चढिरहन खोज्ने, नयाँ दाबी गर्नेहरू भीरबाट खसाल्न प्रयास गरिरहने भएपछि मजस्ता धेरैमा रहेको न्यायोचित आकांक्षाले पनि विश्राम खोजेको जस्तो अनुभव भएको छ । राष्ट्रियसभाको आसन्न निर्वाचनका लागि केन्द्रीय तहको निर्देशन अनुरूप देशभरिबाट प्राप्त नामावलीमाथि, तिनको योगदान, योग्यता, औचित्य आवश्यकता र विवेकपूर्ण विमर्शभन्दा आआफ्नो खल्तीमा रहेकाहरूको नामले पक्ष वा विपक्ष हुने अवसर पाएको देखियो । अर्थात् जिल्ला र प्रदेशका साथीहरूको सदासय नेता, नेताका भारदारहरूको खल्तीमा प्रवेश हुनसकेन ।किनकि खल्तीमा पस्ने, बस्ने स्वभाव म जस्ता धेरै साथीहरूमा छैन । खल्तीमा पुग्न योगदान, योग्यता र पारदर्शी विचार र आचरणबाहेक अन्य धेरै बाटाहरू छन् । साथीहरूको स्नेह म जस्ताको लागि सदा सबल भइरहने छ । जसले न्याय पाउनुभयो विजयका लागि शुभकामना । सदा पदमा बस्नुपर्ने सोच र तानेर बसाइरहन चाहने व्यवहारले लोकतान्त्रिक संस्कृतिको विनाश हुनु निश्चित छ । यसर्थ अन्यायका पक्षपोषकविरुद्ध बाँकीको आवाज निरन्तर होस् ।’
वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको अंश हो यो । विद्वत सभामाका रूपमा लिइने राष्ट्रियसभाको निर्वाचनको परिपेक्षमा वरिष्ठ पत्रकार दाहालको यो अशं सार्वजनिक भएको हो । वरिष्ठ पत्रकार दाहालको यो अशं प्रतिनिधि अशं हो तममा विद्वान वर्गको, आआफ्नो क्षेत्रमा विद्वता हासिल गरेकाहरूको । यतिबेला राष्ट्रियसभाको निर्वाचनलाई लिएर ‘.....भन्दा देख्नेलाई लाज’ जस्तो देखिएको छ । यो सबै गर्न नै थियो त किन गरियो प्रदेशदेखि सिफारिशको नौटंकी ?
अहिलेको परिदृश्य हेर्दा लाग्छ गरिमामय राष्ट्रियसभाको गरिमालाई तेजबोध गर्न सबै लागिपरेका छन् । अस्वीकार पात्रहरूको सभामा रूपान्तरित हुँदैछ छ यो सभा । यसको उम्मेदवारको अनुहार र पृष्ठभूमि हेर्दा दलहरूको निश्चित गुटको सभाजस्तो बन्ने देखिएको छ । सोसाइटीबाट रिजेक्टेडहरूको सभामा परिणत हुँदैछ यो सभा ।
अहिलेको परिदृश्य हेर्दा लाग्छ गरिमामय राष्ट्रियसभाको गरिमालाई तेजबोध गर्न सबै लागिपरेका छन् । अस्वीकार पात्रहरूको सभामा रूपान्तरित हुँदैछ छ यो सभा । यसको उम्मेदवारको अनुहार र पृष्ठभूमि हेर्दा दलहरूको निश्चित गुटको सभाजस्तो बन्ने देखिएको छ । सोसाइटीबाट रिजेक्टेडहरूको सभामा परिणत हुँदैछ यो सभा । जनताहरूले अस्वीकार गरेका पात्रहरूको सभा बन्दैछ । संविधानको परिकल्पना विपरीतका मान्छेहरूको सभा हुँदैछ । जुन उद्देश्यका साथ संविधान निर्माताहरूले परिकल्पना गरेका थिए त्यसको विपरीत यसलाई बनाइँदैछ । चरित्र, गुण योग्यता र क्षमताको हिसाबले प्रतिनिधिसभा भन्दा राम्रा मान्छेहरू राष्ट्रियसभामा आउन भन्ने परिकल्पनाले राष्ट्रियसभा निर्माण भएको हो ।
तर, अहिले आफ्ना र खल्ती मान्छेलाई राख्ने सभामा परिणत भएको छ । प्रा.लि.जस्तो बन्दै गएका पार्टीमा दलका नेताका परिवारका सदस्य, भाइभतिजा र सालासालीको कोटा भरिएपछि दलगत गुटका अन्य कार्यकर्तालाई राख्ने थलोमा विकास भएको छ । जनताले अस्वीकार गरेका नेतालाई व्यवस्थापन गर्ने थलो बनाएर राष्ट्रियसभाको मर्ममाथि नै प्रहार गरका छन् दलहरूले । जनताले हराएका आफ्ना नेतालाई राष्ट्रिय सभा सदस्यको रूपमा जागिर दिनका लागि दलहरूबीच प्रतिस्पर्धा नै देखिन्छ । यसले राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न गर्नेहरूलाई बल मिलेको छ । राष्ट्रियसभा बुर्जुवाहरूको क्लब जस्तो देखिन्छ । उम्मेदवार चयनले के देखाउँछ भने यो देशमा लोकतान्त्रिक अभ्यास छैन । यहाँ राजनीतिक सिन्डिकेट छ । अबको राष्ट्रियसभा टेस्टेड फेलियरहरूको क्लब जस्तो देखिँदैछ ।
पराजितहरूलाई यसपटक मात्रै होइन यसभन्दा अघि पनि राष्ट्रियसभामा लगेर राख्ने गरेका थिए दलहरूले । यसभन्दा अघि नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, मृगेन्द्रकुमार सिंह र सिंहबहादुर विकलाई राष्ट्रियसभाको सदस्य बनाइएको थियो । राष्ट्रियसभा भनेको विज्ञहरूका लागि व्यवस्था गरिएको हो । तर, दलहरूले सुरुबाटै यसअघि विभिन्न तहमा हारेकाहरूलाई ल्याएर राष्ट्रियसभालाई कार्यकर्तालाई जागिर दिने थलो बनाएका छन् । जनताले नै नपत्याएका हरुवाहरूबाट के अपेक्षा गर्ने ? जनताले तिरेको करबाट यस्ता हरुवाहरू पाल्नुभन्दा त राष्ट्रियसभा खारेज गर्नु नै मुलुकको हितमा हुन्छ भन्ने आवज पनि सुनिन थालेको छ । राष्ट्रियसभालाई ‘हाउस अस एल्डर’ अर्थात् परिपक्वहरूको सभा भन्ने गरिन्छ ।
अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको प्रतिनिधित्वका लागि पनि माथिल्लो सदन आवश्यक थियो । यस्तै विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञ एवं प्रतिष्ठित व्यक्तिहरू कुनै पार्टीको झन्डा बोकेर चुनाव लड्न चाहँदैनन्, तर उनीहरूको आवश्यकता नीति निर्माणको उपल्लो थलोमा टड्कारो रहन्छ । त्यसका लागि उपल्लो सदनमा हो । यहाँ विभिन्न क्षेत्रका विज्ञ एवं अनुभवीहरू भेला हुनुपर्ने हो तर यसको मर्मको हुर्मत लिन दलहरू लागिपरेका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि यसका मतदाता हुन्छन् । यसले संघ, प्रदेश र स्थानीय तहलाई जोड्छ । तिनै तहको सम्बन्धलाई अन्योन्याश्रित बनाउँछ । अर्थात्, माथिल्लो सदनका सदस्यले संघीय एकाइको प्रतिनिधित्व गर्छन् । हाम्रोजस्तो बहुलतायुक्त समाजमा समावेशी प्रतिनिधित्वका लागि पनि माथिल्लो सदनको उपयोगिता थियो । तर, यहाँ त ‘म्याच फिक्सिङ’ गरिएको छ ।
देशको वर्तमान परिस्थिले आममानिसमा चरम निराशा छ । सबैतिर आवेग र आक्रोश देखिन्छ । लोकतन्त्रका नाममा छाडातन्त्रले सीमा पार गरेको छ । चरम राजनीतिक खिचातानीले आमनागरिक वाक्क र दिक्क भएका छन् । देशको आर्थिक स्थिति डामाडोल भएको, युवाहरूको विदेशिने क्रम झनै बढेको, कुनै नयाँ उद्योग नखुलेका, शिक्षा र स्वास्थ्यमा झनै गुणस्तर कम हुँदै गएको, भ्रष्टाचारले नयाँ रेकर्ड बनाएको, विदेशी हस्तक्षेप झनै बढेको, सामाजिक सद्भाव बिथोलिँदै गएको वर्तमान अवस्थाको तितो यथर्था हो ।
सत्तामा पुगेका दलको प्रभाव नकारात्मक बनिराखेको अवस्था छ । सत्ता स्वार्थमा परिणत भएका राजनीतिक दलबाट देशको अवस्था अझै अस्तव्यस्त बन्ने देखिँदै गएको छ । दलको व्यक्तिगत र दलगत स्वार्थकै कारण देशअघि बढ्न सकेको छैन ।
देशको भाग्य र भविष्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरूले हो । अरू आएर गर्ने होइन । सबैभन्दा पहिला नेतामा इमानदारी हुनुपर्छ । त्यसो भयो भनेमात्र आशा गर्ने ठाउँ हुन्छ । राजनीतिलाई सबैले सेवाभावले हेर्नुपर्छ । राजनीतिका नाममा कमाउने धन्दा चल्यो भने देश बर्बाद हुन्छ । यो कुरामा सबै सचेत बन्न जरुरी छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले विश्वास गर्दैनन् । पछिल्लो समय राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । अब राजनीतिक दल र तिनका नेताहरूले गम्भीर भएर सोच्नुपर्छ । मुलुकको विकास, सुशासन र समृद्धिका मार्ग अगाडि बढाउनु आजको आवश्यकता हो ।
यसतर्फ सबैको ध्यान जान जरुरी छ । मुलुक सबै हिसाबले कमजोर बन्दै गइरहेको अवस्था छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी आमजनताको प्राथमिकताको विषय बन्नुपर्छ । राजनीतिक दल र तिनका नेताहरू यो विषयमा गम्भीर बन्नुपर्छ । आफ्नै स्वार्थ र अवसरका लागि नेताहरू दौडधुपमा छन्, यसरी मुलुक बन्दैन । गलत प्रवृत्तिले राजनीतिलाई विकृत र कमजोर बनाइदिएको छ । राजनीतिक दल र तिनका नेताको गलत संस्कार र भ्रष्ट प्रवृत्तिमा सुधार आउनुपर्छ ।
राजनीतिक दल र तिनका नेताहरूले देश र जनताको पक्षमा राम्रो काम गर्न नसक्दा जनताले दलभन्दा राजतन्त्र नै ठीक हो कि भन्न थालेका छन् तर यो परिस्थिति भने आउन दिनुहुँदैन । दल र तिनका नेताहरूले आफ्नो छवि सुधार्दै जानुपर्छ । जे जस्तोसुकै भए पनि जनताका प्रतिनिधि भनेका दलका नेताहरू नै हुन् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
राजनीतिक दलका नेता भ्रष्टाचारमा लिप्त हुन पुगे । स्वच्छ छवि भएका नेता भेटिन कठिन हुँदै गएको छ । नेताहरूमा रातारात नवधनाढ्य बन्ने प्रतिस्पर्धा चल्दै गयो । यसले राम्रो संकेत देखाएको छैन । सर्वसाधारण जनता आफ्ना प्रतिनिधिको क्रियाकलाप नजिकबाट हेर्न विवश छन् । दल गलत क्रियाकलापमा उद्यत रही जनताबाट आलोचित भइराखेको अवस्था छ । सत्तामा पुगेका दलको प्रभाव नकारात्मक बनिराखेको अवस्था छ । सत्ता स्वार्थमा परिणत भएका राजनीतिक दलबाट देशको अवस्था अझै अस्तव्यस्त बन्ने देखिँदै गएको छ । दलको व्यक्तिगत र दलगत स्वार्थकै कारण देश अघि बढ्न सकेको छैन ।
यो सबै परिस्थितिको आमन्त्रण हाम्रा नेताबाटै भएको हो । नेपाली जनताले यो सूक्ष्म ढंगले हेरिरहेका छन् । देश पछाडि पर्नमा हाम्रा प्रायः सबै दल र दलसँग सम्बन्ध भएका नेता जिम्मेवार देखिएका छन् यसलाई स्वीकार गर्नुपर्दछ । यो परिस्थिति देशबासीले भोगिराखेको अवस्थामा यी सबै दलले आफ्ना मतदातासमक्ष आत्मालोचना गर्नुपर्ने हो । त्यस्तो त्यसतर्फ दलहरू देखिँदैन । उनीहरू त उन्मत्त राँगोजस्तै देखिएका छन् । यसले हामीलाई कहाँ पुर्याउला ? समयमै यसतर्फ सबैको ध्यान जाओस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच