भोजपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व दलहरुको बिचको समझदारीबाट अन्त्य भएको अवस्थामा अहिले उठिरहेको पहिचानको मुद्धा पनि समाधान गर्न सकिने बताउनु भएको छ । भोजपुरका जनप्रतिनिधिहरुसँग आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा बुधवार बिहान भेटघाट गर्दै नेता सिटौलाले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो, “ठुलो संघर्ष र द्वन्द्व त समधान भयो, पहिचानको बिषयसमाधान गर्ने तागत हामीसँग छ, हाम्रै हातबाट त्यो पनि समस्या समाधान हुन्छ । राष्ट्रियसभा निर्वाचनमा गठवन्धन दलका उम्मेवार विजयी हुने बित्तिकै सो बिषयमा पनि छलफल हुन्छ ।”
भेटघाट कार्यक्रममा नेता सिटौलाले गठवन्धन दलका बाहेक अन्य पार्टीका उम्मेदवारलाई मत हाल्नु जायज नहुने बताउँदै संबिधान र जनताको पक्षमा उभिने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले एमालेका मतदातालाईसमेत आफुहरुलाई मतदान गर्न आग्रह गर्दै भन्नुभयो, “संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठवन्धनका दललाई मत दिनुस् राप्रपालगायतका अन्य दललाई भोट दिएर केही फाइदा हुदैन ।” राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकोमा जोड दिँदै सिटौलाले आफू त्यसमा लागि पर्ने पनि बताउनुभयो ।
सो क्रममा माओवादी केन्द्रबाट उम्मेदवार बन्नु भएकी चम्पादेवी कार्कीले संबिधानले परिकल्पना गरेको राष्ट्रियसभाको पनि जिम्मेवारी र दायित्व हुने भएकाले आफु पनि गठवन्धन दलको तर्फबाट उम्मेदवार बनेको बताउनुभयो । प्रदेशका १४ वटा जिल्लाहरु मध्ये आफुहरुले १० वटा जिल्लामा भेटघाट कार्यक्रम सम्पन्न गरेको बताउँदै नेतृ कार्कीले गठवन्धनका दलहरुलाई विजय गराउन मतदान गर्न भोजपुरका गठवन्धन दलका जनप्रतिनिधिहरुसँग आग्रहसमेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच