नुवाकोट । ‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका-५ झिल्टुङमा ‘झिल्टुङ क्रसकन्ट्री दौड’को आठौँ संस्करणको प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीसहित भेट्रान, खुला छात्र–छात्रा एवं स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह)सहितको विभिन्न १० विधामा प्रतिस्पर्धा गर्दै ‘धावक’हरूले अघिल्ला वर्षका कीर्तिमान (रेकर्ड) तोडेका छन् ।
प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीका अनुसार १३ दशमलब पाँच किलोमिटर पुरुष खुलातर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका टंकबहादुर कार्की प्रथम, काठमाडौंका मिङ्मार सिंगी तामाङ दोस्रो र त्रिभुवन आर्मी क्लबका सुवास कार्की तेस्रो हुनुभयो । १३ दशमलब पाँच किमी महिला खुलातर्फ खोटाङका प्रिया राई प्रथम, नेपाल पुलिस क्लबका राममाया बुढा दोस्रो र त्रिभुवन आर्मी क्लबका हुमी बुढामगर तेस्रो हुनुभयो ।
यस्तै, १३ दशमलब पाँच किमीको भेट्रान खुला पुरुषतर्फ दाङका भीमबहादुर गुरुङ प्रथम, धादिङका रैवतबहादुर दाहाल दोस्रो र नेपाल डाइनामिक क्लबका भीमबहादुर अवाले तेस्रो हुनुभयो । सोही दूरीअन्तर्गत स्थानीय पुरुषहरूको प्रतिस्पर्धामा विमल थापामगर प्रथम, सन्दीप राई दोस्रो र रोशन श्रेष्ठ तेस्रो हुनुभयो ।
प्रतियोगिताको छोटो दूरीतर्फ चार दशमलब पाँच किमी खुला (१६ वर्षमुनि)को छात्रातर्फ काठमाडौंका आयुष्मा आचार्य प्रथम, निला याख दोस्रो र कास्कीकी कविता मगर तेस्रो हुनुभयो र सोही दूरीतर्फको खुला (१६ वर्षमुनि) छात्रतर्फ काठमाडौंका सनाम शेर्पा प्रथम, जयराम थापा दोस्रो र हरिचन्द्र तामाङ तेस्रो हुनुभयो ।
चार दशमलब पाँच किमी स्थानीय छात्रतर्फ सुरज नेपाल प्रथम, सन्तोष तामाङ दोस्रो र गोकुल कुँवर तेस्रो हुनुभयो भने छात्रातर्फ सकिना तामाङ प्रथम, सिलसिला कुँवर दोस्रो र कौशिला लामा तेस्रो हुनुभयो । चार दशमलब पाँच किमी स्थानीय महिला (आमा समूह)तर्फ सनिता श्रेष्ठ प्रथम, कमला श्रेष्ठ दोस्रो र बिन्दा नेपाल तेस्रो हुनुभयो भने स्थानीय ४५ वर्षमाथिका पुरुष (बा समूह)तर्फ मिठु नेपाल प्रथम, गोपी नेपाल दोस्रो र चन्द्रमान श्रेष्ठ तेस्रो हुनुभयो ।
प्रतियोगिताको लामो दूरीतर्फ खुला महिला र पुरुषतर्फको विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार राशिसहितको सम्मानपत्र प्राप्त गरे । यस्तै, बाँकी लामो दूरी र छोटो दूरीतर्फका विभिन्न आठ विधाका उत्कृष्ट प्रतियोगीलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदान गर्नुभयो ।
दौडमार्फत् नुवाकोट र झिल्टुङलाई देशभर चिनाउन सहयोग पुगेको भन्दै आगामी संस्करणदेखि प्रतियोगितालाई परिमार्जनसहित थप परिष्कृत बनाउने नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो । नुवाकोटको दुईपीपल निवासी तथा एथलेटिक्स खेलाडी मोहन नेपालको परिकल्पनामा सात वर्षअघि बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा रहेको महादेव माविको आयोजनामा सुरु भएको प्रतियोगिता पछिल्लो समय सञ्चालनको जिम्मेवारी आफूहरूले लिएर पालिकास्तरीय खेलपर्वका रूपमा विकास गर्दै अघि बढेको आयोजक वडा नं. ५ का वडाध्यक्ष मदन भुजेलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार रसुवाको गोसाइँकुण्डभन्दा नुवाकोटको झिल्टुङ ‘पहाडी जीवन’का लागि उत्कृष्ट स्थल हो भनेर बुझाउन सहयोग पुगेको छ ।
‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीसहित स्थानीय छात्रछात्राको सहभागिताले धावक उत्पादन र खेल पर्यटनमा उल्लेख्य योगदान मिलेको छ’, वडाध्यक्ष भुजेलले भन्नुभयो, ‘स्थानीय आमा र बाहरूलाई दौडाउँदा समाज रूपान्तरण र परिवर्तनमा महिला–पुरुषबीचको समानता छाएको छ ।’ यस वर्षको आठौँ संस्करणको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका राष्ट्रियस्तरका खेलाडीसहित दुई सयभन्दा बढी प्रतिस्पर्धीको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच