विश्वकप क्रिकेट : नेपालविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा भर्खरै भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब रहेको हो ।

समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । आजको खेलमा जित निकाले नेपाल सुपर सिक्समा पुग्नेछ । यता अफगानिस्तानले पनि नेपाललाई पराजित गरेमा सुपर सिक्समा पुग्नेछ ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?