काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको ‘तिमी मेरो पहिलो माया, तिमीनै हौ अन्तिम…’ गीति एल्बममा रहेका गीत सार्वजनिक भएका छन् । एल्वममा रहेका ‘पराईले दिएको…’, ‘खुशीमा झुम्दै…’, ‘मेरो मुटु बाट…’, ‘चाहान्छु म तिम्रै…’ र ‘आज भोलि किन…’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
सबै गीतमा सूर्य दयालुको संगीत तथा संगीत संयोजन रहेको छ भने सूर्य दयालु, रचना रिमाल र प्रविन बेड्वालको स्वर छ । मेलोडियस गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गीतसंगीत तथा विविध विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा.उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् । उहाँको केही समय पहिला सार्वजनिक भएको गीत ‘स्त्री जातैले…’ यतिबेला चर्चामा छ ।
यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :