भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलन (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै नागरिक अगुवा सडकमा आएका हुन् ।

अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट  ढाकछोप भइरहेको उनीहरूको आरोप छ ।

उनीहरूले राजनीतिक नेतृत्वको दबावमा नझुक्न प्रहरीलाई आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?