कोइराला पक्षको बैठक : पार्टी नेतृत्व र सरकारका काम कारबाहीबारे समीक्षा हुँदै

फाइल तस्वीर

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पुन: बस्दै छ ।

बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

बिहीबार बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो ।

बिहीबार नेता शेखर कोइरालाले छलफलका विषयहरू प्रस्तुत गरेपछि नेताहरूले धारणा राख्नेक्रम सुरू भएको छ ।

१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाए ।

देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

आज थप केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूले बोल्ने पालो छ । बैठकमा महाधिवेशनपछिका ६ महिना र पार्टी नेतृत्वको सरकारका काम कारबाहीबारे समीक्षा चलिरहेको छ भने स्थानीय चुनावको परिणाम र आसन्न निर्वाचनमा गठबन्धनको मोडेलबारे छलफल भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?