न्यायपालिकामा पूर्ण समस्या छ तर, काम गर्न सक्दैन भन्ने कुरामा सत्यता छैन: का.मु. प्रधानन्यायाधीश कार्की

Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गर्नुभयो । न्यायपालिकाको शुद्धिकरण गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको उहाँले बताउनु भयो ।

कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिवद्ध हुनुपर्ने समेत बताउनु भयो । उहाँले छुट्टै कानून विश्वविद्यालयको आवश्यक्ता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिकामा केही समस्याहरु देखिएका छन् । समस्याहरु पहिलापनि थिए र अहिले पनि आएका छन् । न्यायपालिकामा धेरै समस्याका कुरा आइरहेका छन् । हामी यसलाई सुधारका लागि अघि बढीरहेका छौँ । केही समस्या देखिएका छन् । न्यायपालिकामा पूर्ण समस्या छ । काम गर्न सक्दैन भन्ने कुरा भएको छ । वास्तवमा त्यो होइन, विकृति, विसंगति छन्, हामी त्यसलाई हटाउँदै जानेछौँ । सम्बोधन हुन्छ । हामी सबैको सुधारको लागि कटिवद्ध हुनुपर्छ । मैले पनि महशुस गरेको छु, कानूनको हकमा विश्वविद्यालय छुट्टै हुनुपर्छ । सर्वोच्चबाट यसको प्रयास जारी रहन्छ । यसा अभियानमा लाग्नुपर्छ । न्यायपालिकाको शुद्धिकरणको लागि यस्ता समस्या नआओस् भन्नका लागि नैतिकताको विषयमा पनि विचार गर्नुपर्छ र पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा विकृति र विसंगति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषयहरु समावेश गर्न आवश्यक रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?