सीताको ब्याटिङ वरीयता यथावत्

Read Time = 1 min

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व-उपकप्तान सीता राना मगरको ब्याटिङ वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको टी-ट्वान्टी अन्तर्राष्ट्रियतर्फको नयाँ वरीयतामा सीता ब्याटिङतर्फ ७२औँ स्थानमा यथावत् रहनुभएको हो ।

बलिङतर्फ पनि नेपालकी कविता कुँवरको वरीयता यथावत् रहेको छ । कविता नयाँ वरीयतामा ९६औँ स्थानमा हुनुहुन्छ । टी-ट्वान्टीको महिला वरीयतामा नेपाल १७औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?