काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।
केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ ।
१८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ ।
आयोग परिसरमा निर्वाचन आयोगले दिएको दल दर्ताको प्रमाण पत्रसहित प्रस्तुत हुनु भएको लामिछानेले पत्रकारसँग कुरा गदै पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताउनु भयो। उहाँले प्रस्तावित चुनाव चिन्ह अनुसार नै आफुहरुले गोलाकारभित्रको घण्टी चुनावचिन्ह पाएकाे बताउनु भयाे ।
यो चुनावचिन्ह अरु पार्टीले नपाएकाे आयोगले स्वीकार गरेको छ ।
केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच