रुपन्देही । बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले लुम्बिनी प्रादेशिक अस्पतालको भ्रमण गर्नु भएको छ ।
उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्य सचिव डा. जनार्दन पन्थी मेसु डा सुदर्शन थापा क्षेत्रीले स्वागत गर्नु भयो ।
लुम्बिनी प्रदेशमा मात्रृमृत्युदर उच्च रहेको आमा सुरक्षा कार्यक्रमको अबस्था अस्पतालमा सञ्चालनमा रहेको ओसीएमसी (लैगिंक हिंसा न्युनिकरण) लाई कमी गर्नको लागी थप लगानी बढाउने उद्धेश्यले मन्त्री एन्ड्रयु मिचेलको टोलीले अस्पतालको अवलोकन तथा जानकारी लिएको हो ।
लुम्बिनीको स्वास्थ्यको अवस्थाबारे मुख्यमन्त्री चौधरी नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु भयो । बुटवल नगर प्रमुख पाण्डेयले बुटवलले माृतस्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु अगाडि सारेको बताउनु भयो ।
सो अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अंग्रेज युद्ध, जितगढी किल्ला र उजिर सिंहको बारेमा जानकारी गराउँदै 'उजिर सिंहको तस्वीर ' मायाको चिनो स्वरुप प्रदान गरेका थियो । उक्त अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुर्दशन थापा क्षेत्रीले लुम्बिनी प्रादेशिक अस्पतालमा बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलको भ्रमण उपलब्धी मुलक भएको बताउनु भयो। उहाँको भ्रमणले मातृ मृत्युदर, बाल मृत्युदर पोषण र ओसीएमसीमा दिँदै आएको सहयोगलाई बढाउने भएको बताउनु भयो।
स्वास्थ्य सचिब डा जनार्दन पन्थीले प्रदेशले मातृमुत्युदर अरु प्रदेशमा भन्दा बढी देखिएकोले घटाउन मन्त्रालयले न्युनिकरण कार्ययोजना तयार भैरहेको र अब लागु गर्ने बताउनु भयो। उहाँले प्रदेशमा नयाँ तरिकाले प्रशारण गर्ने , रिर्फल सेन्टर सञ्चालन गर्ने र के कारणले बढी रहेको छ ? कारण खोज्ने बताउनु भयो। टोलीले अस्पतालमा मातृशिशु विभाग पोषण पि आईसीयु, सिशियु र ओएमसी विभागमा अवलोकन गरेको अस्पतालका मेट्रोन ज्योति पौडेलले बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच