गुल्मी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सबै ठाउँका लोपोन्मुख संस्कृति संरक्षणतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सभामुख मगरले संस्कृतिभित्र इतिहासका धेरै खालका मूल्य मान्यता रहेको भन्दै संस्कृति संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले इतिहासमा धेरै खालका मूल्य मान्यता राखेको ठाउँ यस जिल्लाको पुर्कोट दह भएको भन्दै पुर्कोट दह अहिले पनि भग्नावशेष अवस्थामा रहेको बताउनुभयो ।
पुर्कोट दहलाई बिगार्न नहुने भन्दै यो एउटा ऐतिहासिक महत्त्वको दह भएको उहाँले बताउनुभयो । पुर्कोट दहलाई पर्यटकीय ठाउँ बनाउन जरुरी रहेको बताउनुभयो । त्यस अवसरमा सभामुख मगरले पछिल्लो समय सिमेन्ट लगाउँदै विकास भएको प्रचलन बढेको हुँदा भौतिक संरचनामा सिमेन्ट लगाउँदैमा विकास भन्न नमिल्ने बताउनुभयो ।
उहाँले सिमेन्ट लगाउँदै विकास र अङ्ग्रेजी बोल्दैमा कोहि पनि विद्वान नहुने बताउनुभयो । पछिल्लो समय देशभित्रको माटो ढुङ्गाको प्रयोग गर्न छाडिएको हुँदा उहाँले माटो ढुङ्गालाई अपमान गर्ने सिमेन्ट र छडलाई सम्मान गर्ने पुजीवादी चलन गलत भएको बताउनुभयो ।
पछिल्लो समय नयाँ घर निर्माण गर्ने र घरमा लगानी गर्नेहरु बढेको हुँदा सभामुख मगरले राम्रोसँग पैसा कमाउनका लागि व्यवसायी र उद्यमी बन्न जरुरी रहेको बताउनुभयो । उहाँले अरुको राम्रो कुराको मात्र नक्कल गर्नुपर्ने भन्दै कसैले पनि आफ्नो आधार धरातललाई बिर्सन नहुने बताउनुभयो ।
पछिल्लो समय विदेशिनेहरुको संख्या दिनप्रतिदिन बढेको हुँदा देश बिग्रन लागेको भन्दै उहाँले कसैले पनि देश छोड्न नहुने बताउनुभयो । देश विकासको योजनामा तीनै तहका सरकारको दायित्व, जिम्मेवारी र भुमिका हुने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच