हेटौंडा । चलचित्र पत्रकारहरूको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरू नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी, रविन्द्र सिंह बानियाँ, दयाराम दाहाल, दिनेश डिसीलगायत चलचित्रकर्मी तथा देशभरका १५० भन्दा बढी चलचित्र पत्रकारहरूको उपस्थिति थियो ।
भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवद्र्धनलगायत विषयमा छलफल भएको थियो । चलचित्र संवाद, अन्तर्क्रिया, कार्यशालालगायत कार्यक्रम पनि भएका थिए । चलचित्र पत्रकारिता क्षेत्रको विकासका लागि नीति, कानुन र कार्यक्रमका बारेमा छलफल भएको थियो ।
सहभागी वक्ताहरूले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिनु भएको थियो । राष्ट्रिय भेला समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताउनुभयो । उहाँले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने भन्दै गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताउनुभयो । उहाँले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम सञ्चालन गरी सहयोग गरिने जानकारी गराउनुभयो ।
भेलाका आयोजक चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने भएकाले सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच