५० लाखको लगानीमा ड्रागन फ्रुट खेती

Read Time = 6 mins

-डम्मर बुढा मगर
बागलुङ । गाउँका युवाशक्ति रोजगारीको खोजीमा विदेशिएसँगै यति बेला गाउँमा व्यवयाय गर्न जनशक्ति पाइँदैन । जनशत्तिः अभावकै बीच पनि बागलुङका एक युवाले ठूलो लगानीमा ड्रागन खेती गर्न थालेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यवसायीक खेती थालेका हुन् । उनले रामरेखा र मालढुङुगा माझी बस्तीमा ड्रागन फ्रुट खेतीको थालनी गरेका छन् । ड्रागनको पछिल्लो समय निकै राम्रो मुल्य र बजार माग भएपछि बागलुङ व्यावसायिक उत्पादन गर्नका लागि खेती थालिएको आचार्यले बताए ।

आचार्यले गत चैत महिनादेखि रामरेखामा दुई रोपनी जग्गामा ड्रागन फ्रुट खेती थाले । ड्रागन फ्रुटका विरुवा राम्ररी हुर्कन थालेपछि आचार्यले माझीबस्ती नजिकै थप चार रोपनी जग्गामा ड्रागन फ्रुट खेती विस्तार गरे । आचार्यको अहिले दुई स्थानमा दुई हजार १०० ड्रागन फ्रुटका विरुवा रहेका छन् । ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्व मन्त्री लोकेन्द्र विष्ट लगायतले गरेको खेती हेरेर आफूले बागलुङमा यसको संभावना देखेर विस्तार गरेको आचार्य बताउँछन् ।

‘यो फलको माग बजारमा निकै छ, मूल्य पनि राम्रै पर्ने रहेछ, सुरुमा पूर्व मन्त्री लोकेन्द्र विष्ट लगायत सफल ड्रागन व्यवसायीहरुको प्रेरणाबाट मैले यसको खेती गर्ने निधो गरे, जसका लागि मैले अहिले ६ रोपनी जग्गामा ड्रागन फ्रुटका विरुवा लगाएको छु’ आचार्यले भन्छन् ‘मैले दुई हजार १०० ड्रागन फ्रुटका विरुवा लगाएको छु, सबै बिरुवा मोरङबाट ल्याएको हु, यो ड्रागन फ्रुट सि भेराइटी मध्येको रातो जातको हो, अहिले यसको स्याहारसुसारमा जटेको छु ।’

आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि ५० लाख रुपैयाँ लगानी गरि सेका छन् । प्रति विरुवा ४०० मा खरिद गरेको भन्दै आचार्यले ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर समेत व्यवस्थापन गरि सकेको बताए । उनले ६०० सिमेन्टका पोल र टायरमा दुई हजार १०० विरुवा लगाएको बताए । जग्गा व्यवस्थापन, तारबार, टायर, विरुवा र पोल लगायतका लागि रु. ५० लाख भन्दा बढी लगानी गरिसकेको भन्दै अझै लगानी बढाउनुपर्ने उनको भनाई छ । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यस तर्फ लगानी बढाएको बताए ।

ड्रागन फ्रुटको व्यवसायिक खेतीमा शुरुमा धेरै लगानी गरेपनि पछि राम्रो कमाई हुने गरेको छ । बागलुङमा व्यवसायिक ड्रागन फ्रुटको व्यवसायीक उत्पादन भने भइसकेको छैन । आचार्यले ड्रागन फ्रुट रोपेको एक वर्ष देखि १८ महिना भित्रै ड्रागन फ्रुट उत्पादन भइसक्ने उनको भनाई छ । उनले ड्रागन फ्रुटको बोक्रा र काइनाको जुस समेत प्रयोग गर्न सकिने बताए ।

‘रातो ड्रागन फ्रुटको मुल्य अहिलेपनि बजारमा ८०० देखि एक हजार प्रति केजी छ, नेपालमा यसको उत्पादन बढ्दै गएपछि मुल्य केही घट्ला तर यसको बहुउपयोगिताका कारण बजारको माग धान्नै समस्या हुँने देखिन्छ’ उनले भने ‘१४ भन्दा बढी फलफूलमा फाइने पोषण तत्व ड्रागन फ्रुटमा पाइने अध्ययनले देखाएको छ, अबको एक वर्षमा आफ्नो ड्रागन फ्रुटको व्यवसायिक उत्पादन भइसक्नेछ ।’

आचार्यले ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण शुरुवाती लगानी नै धेरै भएको बताए । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रिएको छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातीको फलफुल हो । यस फलको जातहरुमा रातो बोक्रा, पहेलो बोक्रा र सेतो रङ हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?