काठमाडौं । केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले थ्रिस्टार क्लवलाई १–० ले पराजित गरेको छ ।
जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे । उनको गोल नै जितका लागि निर्णायक बन्यो । आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्री स्टार क्लव प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लव विजयी भएको थियो । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टिम सहभागी छन् ।
दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टिमबीच प्रतिष्पर्धा हुँदैछ । फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच