महंगीप्रति कटाक्ष गर्दै रघुजी पन्तको प्रश्न- सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ ?

हिमालय टाइम्स

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले सांसद रघुजी पन्तले बढिरहेको महंगीले जनतालाई नजिकिएको दशैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले महंगीले थलिएका जनताले यसपालिको दशैँ कसरी मनाउँछन् भन्दै सरकारलाई प्रश्न गर्नुएकाे छ ।

दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महंगी बढेको र यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको उहाँको कटाक्ष थियो ।

कविताको शैलीमो तरकारी र खाद्यान्नको भाउ महंगीएको भन्दै उहाँले भन्नुभयाे, ‘खल्तीमा तलब हालेर हिँडियो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको २५०, बजार भाउ सुन्दा गुम्छ होसहवास, तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ, गोलभेंडाले के किन्लास् र तँले भनेर आँखा तर्छ, दशैं पेश्की आउने कहिले कहिले, पेश्कीमा  महंगी आयो, सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो, आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ, सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?