काठमाडौं । नेपाल ल्युब आयलले आफ्ना रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्ससँगको छलफल कार्यक्रम आयोजना गरेको छ । नेपाल ल्युब आयलको चितवनका लागि आधिकारिक डिलर आशीर्वाद अटो ट्रेडिङको सहकार्यमा आयोजित कार्यक्रममा उत्साजनकरूपमा बिक्रेता र मेकानिक्सले सहभागिता जनाएको बताइएको छ ।
आशीर्वादका प्रबन्धक सुवास कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अटो मोबाइल्स डिलर एसोसिएसन (नाडा) का बागमती प्रदेश प्रमुख एवं चितवन अटो मोबाइल एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्री, ल्युब आयलका उपमहाप्रबन्धक दिवाकर मिश्रलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा ल्युब आयलका उपमहाप्रबन्धक मिश्रले भन्नुभयो, ‘यो भेटघाट कार्यक्रम हाम्रा लागि निकै महत्वपूर्ण रहेको छ र यो हामीले देशभरि सञ्चालन गर्दै आएका छौँ । कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्ससँग प्रत्यक्ष भेटघाट गरी उहाँहरूको सल्लाह र सुझावअनुरूप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्समैत्री नीति बनाउनु हो ।’ कम्पनीका एसिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनबारेमा जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच