काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यता कायम गर्न सरकारले ग्रिलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस्तो बताएका हुन् । सो अवसरमा महासंघ अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्र समृद्धिको बाटोमा अघि बढाउन सकिने भन्दै त्यस्ता उद्योगको प्रवद्र्धन गर्न जरुरी भएको बताउनुभयो ।
लघु घरेलु तथा साना उद्योगको उत्पादकत्व र क्षमता बढाउन महासंघ र ग्रिल तथा स्टिल व्यवसायी महासंघसँग आगामी दिनमा सहकार्य गरिने पनि उहाँले बताउनुभयो । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायमा उद्योग दर्ता र नवीकरण प्रक्रिया झन्झटिलो भएको भन्दै सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।
कोरोना एवं आर्थिक मन्दीका कारण व्यवसायीमा परेको आर्थिक समस्या समाधानार्थ बैंकको उच्च ब्याजदर न्यूनीकरण गर्न र बिनाधितो सहुलियत कर्जाका साथै ग्रिल तथा स्टिल व्यवसायीले आयात गर्ने ठूला एवं साना मेसिन औजारमा भन्सार सहुलियतका लागि समेत पहल गरिदिन उहाँले आग्रह गर्नुभयो ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघमा आबद्ध ११ हजार व्यवसायी तथा दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार श्रमिकलाई ग्रिल क्षेत्रले प्रत्यक्ष, अप्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
पूर्वाधार विकासमा आवश्यक पर्ने र घर तथा भवनहरूका लागि नभइनहुने सम्पूर्ण ग्रिलजन्य सामान फेब्रिकेटिङ गरेर आयात प्रतिस्थापन गरी निर्याततर्फ उन्मुख रहेको पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच