पुस महिनामा पर्ने मेला र पर्वहरू

Read Time = 8 mins

✍️ इन्द्रबहादुर शाक्य

यो पुस महिनाको संक्रान्ति १ गते ललितपुरको रातो मत्स्यनाथ (करुणामय) मा संक्रान्ति गुठी पर्व देवतालाई पूजा गरी मनाइने गरिन्छ जुन पर्व अहिले पनि चालु छ । पुस कृष्णपक्ष दशमीका दिनमा दिशी पूजा कुलदेवताको पूजा हुन्छ । यो दुई दिन मनाउने गरिन्छ । उपत्यकामा बौद्ध धर्मालम्बी शाक्य वंश बज्राचार्य र तण्डुकारले यो पर्व मनाउँछन् । धेरैजसो ललितपुरतिरका बौद्धधर्मावलम्बीले यो पर्व मान्दछन् । एकादशीका दिन पूजा विसर्जन गर्ने गरिन्छ । यो पर्व अहिलेसम्म मनाइँदै छ । यो पर्व मनाउँदा सम्वर देवताको पूजा गरिन्छ ।

यस दिन जलपात्रमा राखिएको जल पुरुष-महिला अथवा परिवारका सबैले पिउँदछन् । यही पुसको कृष्ण पक्ष औंसीका दिनमा बराह क्षेत्रको वेत्रावती नदीमा स्नान गर्ने मेला लाग्दछ । सो दिन त्यहाँ स्नान गर्नाले यस जन्ममा कुनै पनि रोग लाग्दैन र स्वास्थ्य लाभ हुने जनविश्वास छ । यही दिनमा गोकर्णमा उत्तरबाहिनी कत्ति भैरव मन्दिरमा मेला लाग्दछ । यहाँ स्नान गरी दान दिने चलन छ । त्यस ठाउँमा विष्णु पादुकामा पनि पूजा गरिन्छ । पुस महिनामा क्रिसमसको पनि पर्न आउँदछ । यो डिसेम्बरको २५ तारिखमा क्रिस्चियनहरूले मनाउँछन् । अहिले नेपालमा पनि क्रिस्चियनहरूको संख्या बढेको हुनाले यो पर्व मनाउँनेहरूको संख्या धेरै छ ।

तोल ल्होसार : पुस महिना शुल्क पक्ष प्रतिपदाका दिनमा यो पर्व मनाइन्छ । यस दिनमा मनाइने ल्होसार पर्वलाई तोल ल्होसार भन्दछन् । यो पर्व पश्चिमतिर, हुम्ला, मनाङ, उत्तरी पहाडी भेगमा धेरैजसोले मनाउँदछन् । यो पर्व मनाउँदा प्रकृति देवीलाई नयाँ अन्नबालीबाट आएका कृषि सामग्री राखी यसको पूजा गरी यो पर्व मनाउने गरिन्छ । यो पर्वमा इष्टमित्रहरूलाई बोलाएर खाना खुवाउने चलन छ । तामाङ जातिले नाचगान गरी यो पर्व मनाउँने गर्दछन् ।

पुस शुल्कअष्टमीका दिनमा काठमाडौंको जनबहालमा सेतो मत्स्यनाथ र लोकेश्वरको स्नान गरिन्छ । गुरुजुहरू जनाले गाईको दूध र पानीले लोकेश्वरलाई स्नान गराउँदछ । पुस शुल्क चतुदर्शीका दिनमा सिन्धुपाल्चोकमा नारायणी जात्रा सुरु हुन्छ । पुस महिनामा तमु ल्होसार पर्व (गुरुङ जातिको मात्र नव वर्ष सम्वत्) पनि पर्दछ । यो पुसको १५ गते सुरु हुन्छ । विशेष पूजा गरी यो पर्व मनाउँदछ । यो दिनमा बाजा बजाएर नाचगान गरी नव वर्षको ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्वमा बुढाबुढीदेखि केटाकेटीसम्म सहभागी हुन्छन् ।

गुरुङहरूको ल्होसारलाई तमु ल्होसार भन्दछन् । यो पर्व मनाउँदा जीवजन्तु, पशुपक्षी, जनावरको नाम राखेर सुरु गरिन्छ । पर्व चक्रमा १. मुसा २. गाई ३. बाघ ४. बिरालो ५. गिद्ध ६. सर्प ७. घोडा ८. भेडा ९. बाँदर १०. चरा ११. कुकुर १२. मृग पर्दछन् ।

पुस पूर्णिमा : यस पूर्णिमालाई मिला पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि स्वस्थानी वाचन पर्व सुरु हुन्छ । त्यस्तै साँखुको शाली नदीमा एक महिनासम्म व्रत बसी पूजाआजा गर्ने चलन छ । सोही दिनमा विरुपाक्षको पूजा पनि गरिन्छ । यस दिन भक्तपुर हनुमन्ते तीर्थमा त्रिवेणी मेला लाग्छ । पुस २७ गते पृथ्वी जयन्ती पनि मनाइन्छ ।

पुस १५ गते
ल्होसार मान्ने व्यक्तिहरूको भनाइ अनुसार ल्होसार जम्मा चार प्रकारका छन् । डा. जगमान गुरुङका लेखहरूमा यस्तो उल्लेख भएको पाइन्छ । ल्होसार पर्व चन्द्रमास पञ्चाङबाटै सुरु हुन्छ । पछि आएर एउटा ल्होसार सूर्यमास पञ्चाङबाट सुरु गरियो । यो ल्होसारलाई तमु ल्होसार भनियो । यो पुसको १५ गतेदेखि सुरु हुन्छ । यो ल्होसारलाई तमु ल्होसार भनियो । यो ल्होसारलाई नयाँ वर्षको रूपमा लिइन्छ । यो ल्होसार गुरुङ जातिले मात्र मनाउँछन् ।

यसलाई गुरुङहरू तमु ल्होसार भन्दछन् । यो पर्व मनाउँदा जीवजन्तु, पशुपक्षी, जनावरको नाम राखेर सुरु गरिन्छ । पर्व चक्रमा १. मुसा २. गाई ३. बाघ ४. बिरालो ५. गिद्ध ६. सर्प ७. घोडा ८. भेडा ९. बाँदर १०. चरा ११. कुकुर १२. मृग पर्दछन् । यो पर्व यही चक्रअनुसार नयाँ वर्षको पर्वका रूपमा मनाउछन् अथवा नयाँका रूपमा मनाउँने गरिन्छ । एउटा नाम आउनलाई ११ वर्ष कुर्नु पर्दछ । १२ वर्षमा एक चोटि पालो आउँदछ । १ देखि १२ सम्मको चक्रअनुसार यो पर्व आउँछ र यो क्रम दोहोरिइरहन्छ ।
गुरुङ समुदायमा अथवा जातिमा ल्हो को अर्थ वर्ष हो र सारको अर्थ नयाँ हो । उनीहरूले यो वर्ष अथवा नयाँ साल मनाउँदा प्रकृतिसँग जोडिएको हुन्छ । छोटो दिन, छोटो रात र मौसम मिलाएर अथवा जोडेर यो पर्व, नयाँ वर्ष मनाउँछन् । यो आदिकालदेखि मनाउँदै आएको पर्व हाने । यस पर्वबारे विद्वानहरूको डा.जगमान गुरुङ, चद्रबहादुर गुरुङ, गोपाल गुरुङ आदिले बेलाबेलामा लेख्दै आएका छन् ।

यो पर्व मनाउँदा पुरानो वर्षका सबै नराम्रा, दोष, दुःखलाई त्यागेर नयाँ वर्ष वा सालमा सुख, सुस्वास्थ्यको कामना गरिन्छ । यो ल्होसारमा गुरुङहरूको संस्कृति, कला सम्पदा, विकासको प्रवद्र्धनको कामना गर्दै हरेक वर्ष पुसको १५ गते मनाउँछन् । यो पर्वमा गरुङहङले मौलिक, भेषभूषा, खाना, नाचगान सबै प्रदर्शन गर्छन् । यस वर्षमा महिला, पुरुष, बुढाबुढीदेखि लिएर बच्चाहरूसम्म यो नयाँ पर्वमा भाग लिन्छन् र खुशीयाली मनाउँदछन् । उनीहरू प्रकृतिदेवीलाई पूजा गरी नयाँ अन्नबालीलाई पनि पूजा गरी यो पर्व मनाउँदछ । संस्कृति नै हाम्रो राष्ट्रको पर्व र पहिचान हो । यस पर्वले पनि यही सन्देश प्रवाह गर्ने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?