बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई अखिल क्रान्तिकारीले कालोमोसो दलेको छ ।
बुधवार विहान कार्यालय तर्फजाँदै गर्दा मोहन बैद्य किरण नेत्रृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाललाई बाटोमै रोकी भ्रष्टाचार गरेको आरोप लगाउँदै कालोमोसो दलेको थियो ।
क्रान्तिकारीले ढकाललाई विभिन्न ८ वटा आरोप लगाएको छ । क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन भत्ता नदिएको कमिशनको लागी आफनो अनुकुलको विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालय आइ.सी.टि ल्याव , विज्ञान ल्याबको खरिद सामाग्री शिक्षा शाखाले तोकेको पसलबाट मात्र खरिद गर्न विद्यालयलाई दबाब दिएको, करार शिक्षक नियुक्तिको लागि विषय विज्ञ सूचिकृत नगरी कमिशनको लागि आफु अनुकुलको मनोमानी ढंगले विषय विज्ञ राखी करार नियुक्ति गर्ने गरेको लगायतका ८ वटा आरोप लगाउँदै कालोमोसो दलेको आराेप लगाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच