काठमाडौं । आइतबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान देशका अधिकाँश जिल्लामा बदली रही बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौंमा भने बिहानपख मौसम सफा रहेपनि दिउँसोपखबाट बदली भई साँझपख हल्का बर्षा हुने सक्ने महाखाशाले जनाएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।
यता, पूर्वका विभिन्न स्थानमा र पश्चिमका पहाडी तथा हिमाली भूभाग लगायतका साना खोलामा बाढीको जोखिम रहेको छ । महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ ।
सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच