काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलम्पिक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका दुई टोली चीन प्रस्थान गरेका छन् । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अञ्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रत्येक तौलसमूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् ।
प्रशिक्षकमा टीकाप्रसाद लिम्बू हुनुहुन्छ । छनोट मार्च १५ र १६ तारिखमा हुनेछ । पेरिस पारालिम्पिक छनोटअन्तर्गत के-४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्नेछन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुनुहुन्छ । बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रशिक्षकमा कविराज नेगी लामा रहनुभएको छ । मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्नेछ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधान छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिनुभयो ।
‘छनोट प्रतियोगिता तपाईंहरूका लागि चुनौतीसँगै इतिहास दोहोर्याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन । संगीना वैद्य र दीपक विष्टले त्यो उपलब्धि हासिल गर्नुभएको छ । उहाँहरूपछि तपाईंहरूलाई इतिहास रच्ने मौका छ ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘निर्भिक भएर उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नुस् । खेलका दौरान खेलाडीमात्र होइन प्रशिक्षक पनि चनाखो हुन एकदमै जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच