प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीका मुख्य दुई जोड

Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मुख्यतः दुई कुरालाई जोड दिनुभएको छ ।

अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभएको छ । उहाँले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको, कसले रिसिफ गर्यो भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभयाे ।

विदेशी सेनाको इकार्इ नेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै ‌ओलीले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनु भयो ।

यसैगरी अध्यक्ष  ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानवीन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नु भएको छ ।

अध्यक्ष ओलीले यस्तो गम्भिर विषयमा पनि प्रधानमन्त्री देउवा अर्थमन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ? भनि प्रश्न समेत गर्नु भयो । प्रधानमन्त्री देउवा देशलाई बर्बाद पारेर गठबन्धन मात्रै जोगाउन लागि परेको उहाँको आरोप थियो । ओलीले विचौलियालाई राखेर बजेट बनाउने कुरा विश्वमा कहीँ पनि नभएको जिकीर गर्दै यस्तो गतिविधिलाई थितिमा ल्याउने काम गर्न सरकार सचेत नभएको बताउनु भयो ।

ओलीले बजेट निर्माण गरेको अघिल्लो दिनको फुटेज सार्वजनिक गरेर आफ्नो स्वच्छता प्रमाणित गर्नुपर्ने अर्थमन्त्री शर्माले आफ्नो पार्टीलाई धम्कीको भाषा बोलेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?