काठमाडौं । आगामी नोभेम्बरमा हुन लागेको कतार फिफा विश्वकप फुटबल हेर्नका लागि नेपाल सरकारलाई आयोजक कतारले निमन्त्रणा दिएको छ । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई सिंहदरबामा भेट गरी आउँदो विश्वकप हेर्नका लागि कतार भ्रमणको निम्तो दिनुभएको हो ।
राजदूत हेल र अर्थमन्त्री शर्माबीचको शिष्टाचार भेटका क्रममा हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गरेको सामाजिक सञ्जालमार्फत् शर्माले जानकारी दिनुभएको छ ।
कतार विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । विश्वकपमा ३२ देशले भाग लिनेछन् । कतार विश्वकपका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई २८० वटा टिकट पनि प्राप्त भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच