काठमाडौं । एभरेष्ट बैंकले ‘ग्लोबल मनि विक २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षमा जस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत ५ गतेदेखि सप्ताहव्यापी अभियानअन्तर्गत ग्लोबल मनि विक २०२४ आयोजना गरेको हो ।
कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशका विभिन्न शाखामार्फत् विभिन्न स्कुल तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकामा करिब तीन हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको जनाएको छ ।
प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर भन्ने नाराका साथ आयोजित कार्यक्रममा युवामा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको बैंकले जनाएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच