
पोखरा । गंगाधर पराजुलीलाई नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान-२०७९ बाट सम्मान गरेको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर परेर शुक्रबार आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार पराजुलीलाई ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
समारोहमा पोखराका स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको परिवारलाई संस्थागत सम्मान अर्पण गरिएको थियो । मुख्यमन्त्री पाण्डेले भण्डारी परिवारका सदस्य राजु भण्डारी र सरस्वती भण्डारीलाइ दोषल्ला ओढाएर सम्मान पत्र अर्पण गर्नुभएको थियो । भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारी र उहाँको परिवारको तर्फबाट पत्रकार महासंघ कास्कीसँग मिलेर गजेन्द्र स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सञ्चालन गर्न कोष स्थापना गरिएको छ ।
समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको जिकिर गर्नुभयो । यस्तै, सम्मानित व्यक्तित्व पराजुलीले स्वतन्त्रता र प्रजातन्त्रको नीतिबाट प्रेरित भएर २०४९ सालबाट पत्रकारिता शुरु गरेको बताउँदै स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिकोलागि भएका आन्दोलनमा पटक पटक जेलजीवन बिताएको र हिरासतमा पुगेको स्मरण गर्नुभयो ।
अर्का सम्मानित व्यक्तित्व राजु भण्डारीले पत्रकारितामा देखिएको संकट कम गर्न सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै सरकारको जिम्मेवारी अझ बढी रहेको बताउदै संस्थागत रूपमा गरिएको सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताउनुभयो ।
समारोहमा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतीक, पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलगायतले पत्रकारिता क्षेत्रका समस्या र चुनौतीका विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दर्शन लामा, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्र, प्रेस सेन्टर कास्कीका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, संसदीय पत्रकार संघ गण्डकीका अध्यक्ष भरत कोइरालालगायतले पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिनुभएको थियो ।
सचिव माधव बरालले सहजीकरण गर्नुभएको समारोहमा प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बरालले सम्मानित व्यक्तिहरूको बारेमा परिचय दिनुभएको थियो भने महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच